वीरगन्ज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई हटाउने आदेश दिएर अवैध काम गरेको भन्दै सर्वोच्च अदालतप्रति आक्रोश पोखेका छन् ।शनिबार एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सर्वोच्चको उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै आक्रोश पोखेका हुन् ।
‘जाली, किर्ते, फटाहा, प्रतिक्रियावादीहरुका दलालले अवैध काम गरेर सरकार ढाल्यो । त्यस्तो काम संसदीय व्यवस्थामा अनुशासनहीन काम हो । त्यो कारबाही गर्नुपर्ने विषय हो’, उनले अदालतको फैसलाप्रति कटाक्ष गर्दै भने, ‘त्यस्ता तत्वलाई कारबाही गर्न पाईँदैन अदालतले भन्छ । यही व्याख्या सधैँ चल्छ त ?’
दलको ह्वीप उल्लंघन गरेर ‘फ्लोर क्रस’ गर्नेहरुलाई अदालतले कारबाही नगरेकोमा पनि अध्यक्ष ओलीको आपत्ति थियो ।