बिरगंज।कृष्णा कुशवाहा।पकाहामैनपुर युवा सञ्जालको कार्यकारिणी समितिको बैठक पकाहामैनपुर गाउँपालिकाको वडा नं २ मधुबनीमा सम्पन्न भएको छ ।
आजको बैठकले साउनको १७ गते देखि `संगठन सुदृढीकरण गरी र भ्रस्टाचार मुक्त अभियान´ सञ्चालन गर्ने निर्णय गरको छ । उक्त अभियान सञ्चालनका लागि कार्यकारिणी संयोजक र सदस्यहरूको अभियान केन्द्रित कार्य विभाजन गरिएको छ ।
बैठकले पकाहा मैनपुर युवा सञ्जालको सल्लाहकार समिति चयन गरेको छ।
त्यस्तै आजको बैठकमा गाउँपालिका अन्तर्गत भएको भ्रष्टाचार विरुद्ध भन्डाफोर अभियान चलाउने , गाउँपालिका अन्तर्गत भएको विकास निर्माणको अनुगमन गर्ने र गापा अन्तर्गत समिति गठन गरिने निर्णय गरेको छ ।
उक्त कार्यक्रममा स्थानीय युवा अकलेश साह, राजेश सहनी , प्रमोद पटेल, फरिन्द्र चौहान , नवल पटेल , दिनेश साह , सिकेन्द्र सहनी, दीपेन्द्र चौहान , धीरज बर्णवाल लगायत अन्य थुप्रै जनाको सहभागिता रहेको थियो।