वीरगन्ज ।प्रहरी जवान (जनपद) पदको परीक्षामा सहभागी भएका दुईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखका भगवती माई गाउँपालिका (२ रुम बेस्तडाका २२ वर्षका रोशन शाही र २३ वर्षका लोबन शाही रहेको प्रहरीले जनाएको छ ।
घर्तीले भने, ‘रोशन शाही दर्ता नं. ४९१७१ का उम्मेदवार हुन् । अन्तरवार्ता दिने क्रममा उनले शंकास्पद कुराहरु गरेपछि लेख्न पठाउँदा उनलाई लेख्न आएन।’ त्यसपछि सोधपुछ गर्दा उनले ०७७ फागुन १२ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले सञ्चालन गरेको लिखित परीक्षामा लोबनलाई एक लाख रकम दिएर आफु पास भएको बताए ।