वीरगन्ज ।निर्वाचन आयोगले बहुमत केन्द्रीय कार्यकारिणी सदस्यको सनाखतका आधारमा जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि उक्त निर्णय विरुद्ध महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत पुगेको छ ।
ठाकुर पक्षले निर्वाचन आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयन नगर्न÷नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।
रिटमा ठाकुरले निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत सम्पूर्ण सरोकारवालालाई अपूरिणीय क्षति हुने उल्लेख बताएका छन् ।
‘सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन नगर्नू नागाउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरी पाउँ,’ रिट निवेदनमा भनिएको छ ।
निर्वाचन आयोगले आधिकारिकता विवाद टुंग्याउन जसपाका तत्कालीन केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई निर्वाचन आयोगमै उपस्थित हुन भनेको थियो । ५१ जना सदस्यमध्ये ३४ जनाले सनाखत गरेपछि आयोगले पार्टी आधिकारिकता यादवलाई दिएको थियो ।