• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महानगरका मेयर नै लुकिलुकी रात पारेर खोप लगाउँदा फेला परे

  • वीरगंज संजाल
  • १५ श्रावण २०७८, शुक्रबार ०९:५९
  • १९७३

    विराटनगर । कोरोनाविरुद्धको खोप वितरणको अधिकार अधिकांश जिल्लामा स्थानीय तहलाई नै दिइएको छ । तर यही खोपको दुरुपयोग कसरी भइरहेको छ भन्ने घिनलाग्दो दृष्टान्त विराटनगरमा देखिएको छ । खोप किन्ने अधिकार चाहियो भन्ने स्थानीय तहहरुले केन्द्रसंग गरेको बार्गेनिङ पछि खोप लगाउने अधिकार हात पारे । तर धेरै अघिदेखि खोप वितरण प्रक्रियामा देखिएको असमानता, नातावाद र कृपावादसहित कार्यकर्तावादको विषयमा चर्को असन्तुष्टि पोखिदै आएको थियो ।

    यसलाई सच्याउन नसक्दा धेरै ठाउँमा दुरुपयोग मात्र भएन खोप वितरणलाई लिएर भएको विवाद सतहमा समेत आयो । तर विराटनगर महानगरपालिकामा भने मेयर भीम पराजुलीले नै रातको समयमा व्यक्तिको घरमा गएर खोप लगाइरहेको अवस्थामा भाग्नु पर्ने अवस्था आएको छ । महानगरवासीको पहिलो जिम्मा र दायित्व उनको नगरवासीको पनि हो । तर हरेक बर्षको छठमा दशदेखि पन्ध्र किलोमिटर सुतेर लडिबुडी गर्दै विराटनगरवासीको उन्नति, प्रगति र सुख, शान्ति एवं समृद्धिको कामना गर्ने मेयर पराजुलीको आडम्बर र ढोङ्ग यसरी छर्लङ्ग बन्यो कि उनी रातको समयमा लगाउन तयार भएको खोप छोडेर भाग्नु पर्ने अवस्था आयो ।

    ठूलो संख्याका विराटनगरवासीले खोप पाउन नसकेको गुनासो सिधाकुराको पछिल्लो एपिसोडमा पनि विराटनगरवासी फोनमार्फत राखेका थिए । यही अवस्थाबीच मेयर पराजुलीको यो कर्तुत सार्वजनिक भएपछि अब विराटनगरवासी थप चनाखो बन्नु पर्ने अवस्था आएको छ ।

    मेयर पराजुलीको असली हर्कत देखियो

    मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली स्थानीयबाटै लखेटिएका छन् । आफ्ना समर्थक र आसेपासेलाई खोप लगाउँदै गरेको थाहा पाएपछि स्थानीयले मेयर भीम पराजुलीलाई लखेटेका हुन् । मेयर पराजुली बुधबार राति करिब ९ बजे खोपसहित विराटनगर ५ निवासी कांग्रेस बुथ समितिका सभापति बिमलराज भण्डारीको घरमा पुगेको खबर पाएपछि स्थानीयले विरोध गरेका थिए ।

    स्थानीयको विरोधपछि हतारहतार मेयर गाडी चढेर भागेको स्थानीयले बताएका छन् । मेयरले भन्सार एजेन्ट प्रवीण जेसीको गाडीमा खोप लगेको स्थानीयको भनाइ छ । स्थानीयले विरोध गर्दासम्म करिब १५ देखि २० जनाले खोप लगाईसकेको स्थानीयले बताए ।

    खोप विरतरण पारदर्शी बनाउ भन्दै प्रदर्शन

    मेयर पराजुलीको उक्त हर्कतपछि स्थानीयविरोध उत्रिएका छन् । बिहीवार महानगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै युवाहरुले हाम्रो खोप खोइ, जनता खोपको वेटिङमा, मेयर साब खोपको सेटिङमा, मेयर सापले के दिन्छ, नोट भएकालाई खोप दिन्छ भन्दै नाराबाजी गरेका थिए ।

    यस अघि पनि गरेका थिए मेयरले बदमासी

    यसअघि पनि मेयर भीम पराजुलीले आफ्नो घरमा विराटनगरका धनाढ्य व्यापारीहरुलाई खोप लगाएको भन्दै स्थानीयले विरोध गरेका थिए ।

    खोप दुरुपयोग घटनाको जिल्ला प्रशासन कार्यालय मोरङले छानबिन गर्ने भएको छ । मापदण्ड विपरित र तोकिएको समय बाहिर खोप लगाउन नपाउने भएपनि स्वयं मेयर नै संलग्न भएको घटना बारे छानबिन गर्न प्रशासन तयार भएको छ ।

    स्वयं मेयरले देखाएको यो हर्कत पछि अब देशभरको खोप वितरण प्रक्रियाप्रति आम जनताले शंकाको सुविधा पाएका छन् । त्यसैले थप दुरुपयोग हुन नदिने संघीय सरकार सचेत हुन आवश्यक देखिएको छ ।यो समाचार न्यूज २४ बाट साभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑