• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एकै जिल्लामा ४० भन्दा बढी योजना वर्षौंदेखि अलपत्र

  • वीरगंज संजाल
  • १५ श्रावण २०७८, शुक्रबार ११:५३
  • १६९३

    पाल्पा | पाल्पामा ठूला विकासे योजना वर्षौंदेखि अलपत्र परेका छन् । १२ वर्षदेखि ठूला योजना अलपत्र पर्दासमेत सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । कतिपय संघ सरकारले सुरु गरेका योजना छन् भने केही प्रदेश सरकार र कतिपय स्थानीय सरकारले जिम्मा लिएका योजना छन् ।

    १० वर्षदेखि अलपत्र पाल्पाको भुजात–चापाकोट जोड्ने पक्की पुलको पिलर । तस्बिर : माधव/कान्तिपुर
    रामपुर अस्पताल भवन निर्माणको म्याद तीन वर्षअघि नै सकिएको हो । अझैसम्म निर्माण व्यवसायीले काम सकेका छैनन् । रविना कन्स्ट्रक्सनले २२ करोड २२ लाख रुपैयाँ लागतमा भवन निर्माणको जिम्मा लिएको थियो । तर, उसले टेन्डर बिड गर्दा घटेर १८ करोडमा तीन वर्षमा सक्ने गरी काम लिएको रामपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वासुदेव भट्टराईले बताए । ‘म्याद सकिएको तीन वर्ष भइसक्यो,’ उनले भने, ‘अहिले असार मसान्तसम्म पनि पाइन्छ कि भनेको पाइएको छैन । काम अझै धेरै नै बाँकी छ ।’ वर्षभरिमा वैशाख, जेठ, असारमा काम गर्ने निर्माण व्यवसायीले पछिल्लो समय कोरोनाको बहाना बनाउँदै काम नगरी बर्सेनि म्याद थप्दै बसेका छन् ।

    पाल्पा, स्याङ्जा, तनहुँ र पूर्वी नवलपरासीका केही भागका जनतालाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ५० शय्याको अस्पतालका लागि भवन निर्माण थालिएको रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विजय परियारले बताए । ‘भवन समयमा निर्माण नहुँदा कर्मचारीले बस्ने ठाउँसमेत पाएका छैनन्,’ उनले भने, ‘सेवा सञ्चालन गर्नसमेत मुस्किल परेको छ ।’ पुरानो भवनबाटै काम चलाउनुपरेको छ ।

    रामपुर नगरपालिकास्थित कालीगण्डकी नदीमा निर्माण सुरु भएको भुजात र स्याङ्जाको चापाकोट जोड्ने पुल १० वर्षदेखि अलपत्र छ । १२ करोड लागत बढेर १८ करोड रुपैयाँ पुगिसक्यो । दुई प्रदेश जोड्ने कालीगण्डकी नदीमा निर्माण सुरु गरेको पक्की पुल ठेक्का लागेको वर्षौंसम्म अलपत्र रहेको सडक डिभिजनका प्रमुख मुकुन्द अधिकारीले बताए । स्थानीयले भने निर्माण व्यवसायी र सडक डिभिजनको लापरबाहीले नदीमा पुल निर्माण सम्पन्न हुन नसकेको आरोप लगाउने गरेका छन् । यही नजिक अर्को पक्की पुल पनि १० वर्षदेखि अलपत्र छ ।

    रामपुरको प्याकलुकदेखि स्याङ्जाको चापाकोट नगरपालिका जोड्ने उक्त पुलमा १० वर्षसम्म अझै काम सकिएको छैन । यसको लागत पनि १२ करोडबाट बढेर १५ करोड रुपैयाँ पुगेको छ । चापाकोट जोड्ने भुजात र प्याक्लुकका दुवै पुलका डिजाइनमा गल्ती भेटिएको बताइएको छ । ‘काम सुरु गरेपछि नै पोलमा समस्या आएको हो,’ सडक डिभिजन कार्यालयका प्रमुख अधिकारीले भने, ‘अहिले त्यसको डिजाइन नै परिवर्तन गरेर काम अघि बढेको छ ।’

    चापाकोट–भुजात र प्याक्लुक–चापाकोट दुई पक्की पुल १० वर्षमा ४० प्रतिशत मात्र काम भएको छ । पुल निर्माणको ठेक्का पाएको निर्माण व्यवसायी, कन्सल्टेन्ट र सरोकारवालाको बेवास्ताका कारण निर्माणमा ढिलाइ हुँदा सरोकारवाला निकायको ध्यान नपुगेको र निर्माण सम्पन्न नभएको स्थानीय रवीन्द्र पंगेनीले बताए । रम्भाको असेर्दी, बगनासकालीको यम्घामा सुरु गरिएका पुलको पनि काम भएको छैन ।

    तानसेन नगरपालिका–७, बाघखोरमा निर्माणाधीन कोल्ड स्टोर ९ वर्षदेखि अझै सम्पन्न हुन सकेको छैन । २०६९ फागुन २३ मा निर्माण सुरु भएर २०७१ जेठ १५ मा सकिने गरी निर्माण व्यवसायीसँग सम्झौता भए पनि अझै सम्पन्न हुन नसकेको हो । तानसेनस्थित घरेलु तथा साना उद्योग कार्यालय परिसरमा निर्माण सुरु भएको एकीकृत भवन ६ वर्षसम्म पनि काम सकिएको छैन । दुईवटा भवन निर्माण कहिले काम सुरु भएको र काम सकिने कहिले हो भन्नेसमेत जानकारी छैन । कति बजेटको हो भन्नेसमेत कहींकतै उल्लेख छैन । निर्माण व्यवसायी कुन हो र कसले, कहिले सम्पन्न गर्नेसमेत कतै उल्लेख छैन । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय कार्यान्वयन इकाइ भैरहवाबाट काम भए पनि पटकपटक सम्पर्क गर्दासमेत जानकारी पाइएको छैन ।

    जिल्लामा ४० भन्दा बढी आयोजना निर्माण व्यवसायी र कार्यालय प्रमुखको लापरबाहीले अलपत्र छन् । सडक निर्माण, पक्की पुल, भवन निर्माण, कृषि, पर्यटकीय स्थल, स्वास्थ्य चौकी, अस्पताल भवन निर्माणका ठेक्का आयोजनामा पेस्की लिएर निर्माण व्यवसायी बेपत्ता हुने र काम नगर्ने प्रवृत्ति छ । दुई वर्षदेखि तानसेन नगरपालिकाले तानसेन श्रीनगर डाँडामा ‘बिग बुद्ध’ बनाउने योजना पनि अघि बढेको छैन । ‘गत वर्ष पनि नगरपरिषद्बाट बजेट छुट्याइएको थियो,’ नगर प्रमुख अशोककुमार शाहीले भने, ‘विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नभइसकेकाले काम अघि बढ्न सकेन ।’ यस वर्ष पनि काम हुन सकेन । यही योजनाका लागि हरेक वर्ष बजेट विनियोजन भने भइरहेको छ ।

    सार्वजनिक निजी साझेदारीअन्तर्गत रानीमहल, श्रीनगरका लागि टेन्डर परे पनि काम अघि बढेको छैन । राजमार्गमा विश्रामस्थल (रिफ्रेसमेन्ट सेन्टर) निर्माणका लागि पनि सार्वजनिक साझेदारी कार्यक्रमअन्तर्गत सेवाग्राही छनोट भए पनि काम नभएको सूचना अधिकारी दुर्गा थापाले बताए । जिल्लामा सडक निर्माण, स्तरोन्नति, कालोपत्र, सिमेन्ट उद्योग पहुँचमार्गको कामसमेत अलपत्र छन् । सिद्धबाबा क्षेत्रमा कालोपत्र गर्ने ठेक्का पनि समयमा सम्पन्न भएको छैन । १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको उत्तर–दक्षिण कालीगण्डकी लोकमार्ग आयोजनाका दुई निर्माण व्यवसायीले ठेक्का लिएको आठ वर्षसम्म पूरा गरेका छैनन् । करिडोरको रिडीदेखि राम्दीसम्म ५ करोड बढीको काम सम्पन्न हुन नसकेको आयोजना प्रमुख सुबोध देवकोटाले बताए ।

    थोरै काम गरेर निर्माण व्यवसायी सम्पर्कमा नआउने र कार्यालयले काम गराउन नसक्ने अवस्था रहेको उनले बताए । ‘ट्र्याक खुलाउने काम सफल भएको छ,’ उनले भने, ‘अझै दुई निर्माण व्यवसायीको काम सम्पन्न गराउन सकिएको छैन ।’ जलस्रोत तथा सिँचाइ विकास डिभिजन, पूर्वाधार विकास कार्यालय, पुल योजना पश्चिम क्षेत्र सेक्टर नम्बर ४, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका करोडौंका योजना पनि अलपत्र छन् । सहरी विकास तथा भवन कार्यालयअन्तर्गतका निर्माणका काम पनि अलपत्र छन् । डिभिजनअन्तर्गत २५ बढी भवन निर्माणको काम समयमा सकिएको छैन । सडक पूर्वाधार विकास कार्यालयअन्तर्गतका योजना पनि समयमा काम नसकेर अलपत्र छन् ।यो समाचार कान्तिपुर बाट साभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑