मकवानपुर | मकवानपुरको चुरियामाईस्थित सुरुङमार्गको वाग्मती प्रदेश सरकारले बिहीबारदेखि पुनर्निर्माण सुरु गरेको छ ।प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माणको शुभारम्भ गरे ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाखको लागतमा सुरुङमार्गको पुनर्निर्माण गर्न लागेको हो । पुनर्निर्माणपश्चात् सुरुङ सञ्चालनमा आउने दाबी निर्देशनालयका निर्देशक सहदेवबहादुर भण्डारीले गरे । २०७९ वैशाखको १९ गतेसम्म काम सक्ने लक्ष्य छ ।
एक सय ९८ मिटर लामो सुरुङको रेक्ट्रोफिटिङबाट पुनर्निर्माण गरेर सञ्चालन गर्ने जनाएको छ । ‘सुरुमा ५ सय मिटर लामो उक्त सुरुङमार्ग सडक निर्माण गर्दा भत्काइएको रहेछ,’ निर्देशक भण्डारीले भने ।यो समाचार कान्तिपुर बाट साभार गरिएको छ।