वीरगन्ज ।पछिल्लो समय चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)सरकारले त्यहाँका धनाढ्यहरुमाथि निरन्तर प्रहार गर्दै आएको छ ।यसबीच चीनका एक प्रसिद्ध अर्बपतिलाई कम्युनिस्ट सरकारले १८ वर्षका लागि जेल सजाय गरेको छ । चीनकै सबै भन्दा ठूला नीजि कृषि व्यापारीका रुपमा रहेका ६७ वर्षीय अर्बपति सन दाउलाई जेल सजाय गरेको हो ।
उत्तरी हेबेई प्रान्तमा सनको ठूलो कृषि फार्म रहेको छ । उनले मानवअधिकार एवं राजनीतिक विषयमा बोलेपछि झगडा उक्साएको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि गैरकानूनी रूपमा खेत कब्जा गरेको आरोप समेत लागेको छ ।
कृषि व्यापारी सन चीनकै धनाढ्यमध्येका एक हुन उनको कम्पनी पनि चीनको मुख्य ठूला कम्पनीमध्ये एक हो । खासगरी घरपालुवा जनावरका खाना उत्पादन र विद्यालय तथा अस्पताल क्षेत्रसम्म उनको कम्पनीले काम गर्छ ।
यसअघि चीनले अर्बपति उद्यमी ज्याक मालाई समेत सम्पर्कविहिनको अवस्थाम पुर्याएको थियो । उनले स्थापना गरेको कम्पनी अलिबाबा र आन्ट ग्रुपमाथि समेत चीनले ठूलो निगरानी राख्दै विभिन्न क्षेत्रमा धक्का लगाइदिएको थियो ।
त्यसपछि चीनले चीनको राईड सेयर कम्पनी दिदिमाथि समेत निगरानी राखेको थियो । हालैमात्रै चीनको अर्काे ठूलो प्रविधि कम्पनी टेन्सेन्टमाथि समेत चीनले विभिन्न आरोप लगाउँदै छानबिनको दायरामा लिएको थियो ।यसरी चीनमा प्रविधि देखि कृषि क्षेत्रसम्मका ठूला उद्यमीहरुमाथि कम्युनिस्ट सरकारको तर्फबाट निरन्तर हस्तक्षेप हुँदै आएको देखिन्छ ।