• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिन्स लगाउँदा १७ वर्षीया युवतीको आफ्नै परिवारले गर्‍यो हत्या

  • वीरगंज संजाल
  • १४ श्रावण २०७८, बिहीबार १०:२०
  • २९३७

    बीबीसी । भारतमा पछिल्लो समय आफ्नै परिवारबाट भयानक हिंसाको शिकार भइ बस्नपुरेका युवती र महिलाहरुबारे धेरै रिपोर्टहरु आइरहेका छन् । यस्ता घटनाले महिलाहरु, कसरी आफ्नै घरमा पनि सुरक्षित बाँच्न सकिरहेका छैनन् भन्नेतर्फ सबैको ध्यान केन्द्रित गराएको छ ।

    गत हप्ता मात्र उत्तरप्रदेशस्थित १७ वर्षीया नेहा पासवानलाई आधुनिक पहिरन जिन्स लगाएकामा घरपरिवारकै सदस्यले कुटपिट गर्दा उनको मृत्यु भएको छ ।

    उनकी आमा शकुन्तला देवी पासवानले बीबीसीसँग बताए अनुसार घरमा बस्दा उनले लगाएको पहिरन मन नपरेकै कारण विवाद उत्पन्न भएपछि नेहाका हजुरबुवा र उनका काका तथा बडाउहरुले निर्दयी रुपमा लठ्ठीले हिर्काएका थिए ।

    उनकी आमा भन्छिन्, “नेहाले त्यस दिनभर वर्त लिएकी थिइन् । र, बेलुकी पखको पूजाआजा गर्नेबेलामा परम्परागत भारतीय पहिरन लगाउनुको सट्टा जिन्स र कुर्था लगाएकी थिइन् । यसपछि उनका हजुरबुवा आमाले यसको विरोध जनाउँदा नेहाले जिन्स पहिरनकै लागि बनाइएको हो भन्ने तर्क गर्दै आफूले त्यही लगाइरहनेमा जोड दिएकी थिइन् । यसपछि विवाद झन चर्किंदा अचानक घरमा हिंसा सुरु भएको सकुन्तलाले बताइन् ।

    शकुन्तलाका अनुसार कुटपिट पछि बेहोस् भएकी छोरीलाई लिएर उनका पति तर्फका परिवारले रिक्सा बोलाएका थिए र नेहालाई अस्पताल लैजान लागिएको बताएका थिए । उनी भन्छिन्, “तर उनीहरुले किनकिन मलाई सँगै जानै दिएनन् । त्यसैले शंका लागेर मैले आफ्ना नातेदारहरुलाई जिल्ला अस्पतालमा गइ नेहाको खोजी गर्न भनेँ तर उनीहरुले अस्पतालमा नेहालाई फेला पार्न सकेनन् ।”

    त्यसैको अर्को बिहानीपख गन्डक नदिको पुलमा एक युवतीको शव झुन्डिएको अवस्थामा भेटिएको खबर फैलियो । यसपछि अनुसन्धान गर्न जाँदा त्यो नेहाको शव रहेको पत्ता लागेको थियो ।

    हाल स्थानीय पुलिसले नेहाको हत्या र प्रमाण छेडछाडको मामिलामा नेहाका हजुरबुवा, आमा, काकाकाकी र अटो ड्राइभरसहित १० जनाविरुद्ध मुद्दा चलाइरहेको छ । आरोपीहरुको बयान सार्वजानिक गरिएको छैन ।

    वरिष्ठ पुलिस अधिकारी शिरियस त्रिपाठीले बीबीसीसँग बताए अनुसार सबै आरोपीलाई गिरफ्तार गरि हिरासतमा राखेर सोधपुछ गरिराखिएको छ । र, पुलिसले बाँकीका अभियोगीहरुको पनि खोजी गरिरहेको छ ।

    नेहाका पिता अमरनाथ पसवन पन्जाब शहरको लुधियानाको एक कन्स्ट्रक्सन साइटमा मजदूरीको काम गर्छन् । यो घटनापश्चात् अन्तिम संस्कारका लागि घर फर्किएका उनले छोराछोरीलाई स्कुल पठाउनकै लागि आफूले जीवनभर कठोर मिहिनेत गरेको दुखी हुँदै बताए । शकुन्तलाका अनुसार छोरी नेहा ठूलो भएर पुलिस बन्न चाहन्थिन् । तर, अब उनको सपना कहिल्यै पूरा नहुने भन्दै उनी भावुक बनेकी हुन् ।

    यसमा उनले आफ्नो पतिका परिवारमाथि नेहालाई बारम्बार स्कुल छोड्न दबाब दिइरहने गरेको र परम्परागत भारतीय पहिरन बाहेकका लुगा लगाउँदा हप्काउने, पिट्ने विरोध गर्ने गरेको आरोप लगाएकी छन् । यता, नेहालाई भने आधुनिक पहिरन खुब मन पथ्र्यो । बीबीसीलाई उनकी आमाले दुईवटा तस्बिर दिएकी छन् जसमध्ये एउटामा नेहाले लामो ड्रेस लगाएकी छन् भने अर्कोमा जिन्स र ज्याकेट लगाएकी छन् ।

    भारतका साना सहरहरुमा र ग्रामीण क्षेत्रका पुरुषप्रधान समाजमा अझै पनि महिलाले के पहिरन लगाउनुपर्छ भन्ने गाउँका प्रमुखले निर्णय गर्ने गर्दछन् र भनेको नमानेमा तुरुन्तै कडा सजाय दिइन्छ ।

    हाल यो घटनाले भारतभर सबैलाई ठूलो झट्का दिएको छ । गत महिना मात्र एक २० वर्षीया युवतीलाई उनका पिता र तीन आफन्तले नराम्रोसँग कुटपिट गरेको भिडियो भाइरल भएको थियो । त्यसपछि सबैतिरबाट गुनासो र आक्रोशित प्रतिक्रिया आएपछि पुलिसले घटनाको छानबिन गर्यो र ती महिलाले आफ्ना हिंसात्मक पतिको घर छाडेर भागेकामा उनलाई सजाय दिइएको बताइएको थियो ।

    त्यसको एक हप्ता अगाडि मात्र छिमेकी जिल्लामा पनि दुई युवतीलाई पुरुष नातेदारसँग फोनमा कुरा गरेको आरोप लगाउँदै निर्मम तरिकाले कुटपिट गरेको रिपोर्ट गरिएको थियो । यसको एउटा भिडियोमा युवतीलाई कपालमा समातेर भुइँमा फालेर लात्ताले हानेको र काठका ठुल्ठुला लठ्ठीले पिटेको देखिएको थियो । उनीहरु आफ्नै अभिभावक र आफन्तबाट त्यसरी हिंसाको सिकार भएका हुन् । त्यो भिडियो पनि भाइरल भएपछि पुलिसले संलग्न सात जनालाई गिरफ्तार गरेको थियो ।

    भारत सरकारले महिलालाई प्राथमिकतामा राखेर तिनको कल्याणका निम्ति भन्दै नयाँ नीतिहरु घोषणा गरिरहे पनि कार्यान्वयन गराउन भने सकिरहेको छैन । यसमा भारतको सबैभन्दा ठूलो समस्या भनेकै पुरुषप्रधान समाज रहेको लिङ्गभेद सम्बन्धी अभियान्ता रोली शिवहरे बताउँछिन् ।

    “यहाँ नेतादेखि सबै प्रभावशाली व्यक्तिहरुले खुलेआम महिलालाई होच्याएर बोल्ने गरेको पाइन्छ जसले समाजमा गलत उदाहरण प्रस्तुत गर्दछ र परिवार अनि समुदायमा यसको प्रत्यक्ष गलत असर पर्छ”, उनले भनिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑