बिरगंज। गत साउन ५ गते एपी वानको ‘तमसो मा ज्योतिर्गमय’ कार्यक्रममा प्रस्तोता टीकाराम यात्रीको एक प्रश्नको जवाफ दिँदै सौरभको नामबाट चिनिने राजनीतिक विश्लेषक दिनेश सत्यालले भनेका थिए:
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालको समीक्षा गर्दै उनले यो दाबी गरेका थिए ।
सौरभको दाबी सही हो कि होइन भन्ने पत्ता लगाउन साउथ एसिया चेकले तथ्य जाँच गरेको छ ।
मलाई जहाँसम्म एकदम सम्झना छ, २०१५ सालको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा छ । १७ साल पछि आएर नक्सा (जारी) गर्दा त्यो चुच्चे छैन । उहाँ (ओली) ले फर्काएर ल्याउनुभो ।
यो विवरण हामीले फिलाटेलिक तथा हुलाक व्यवस्थापन विभागमा उपलब्ध ‘नेपाल पोस्टेज स्ट्याम्प क्याट्लग १८८१-२०१५’ शीर्षक पुस्तकबाट लिएका हौँ। माथिका विवरणहरुको पुष्टि नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष शंकर श्रेष्ठले पनि गरे । यसर्थ विक्रम सम्वत २०१५ सालको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा भएको लेखक सौरभको दाबी गलत ठहर्छ ।