• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेनामा नेतृत्व फेरबदल : पूर्णचन्द्रको उत्तराधिकारी प्रभुराम

  • वीरगंज संजाल
  • १३ श्रावण २०७८, बुधबार ०७:१५
  • २१३७

    काठमाडौं । नेपाली सेनाको ३०० वर्षभन्दा पुरानो इतिहासमा पहिलो पटक ब्राह्मण समुदायबाट प्रधासेनापति नियुक्ति हुने पक्का भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिन सिफारिस गर्ने निर्णय गरेको हो ।

    हालका सेनापति पूर्णचन्द्र थापाले २५ भदौमा अवकाश पाउनेछन् । तर अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप थापाले २४ साउनबाट जंगीअड्डा छाड्नेछन् । त्यसपछि लागू हुने गरी सरकारले शर्मालाई कामु सेनापतिको जिम्मेवारी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिएको हो ।

    सरकारले शर्मालाई कामु सेनापतिको जिम्मा दिन अहिले सिफारिस गरे पनि जंगीअड्डामा नेतृत्व हस्तान्तरण प्रक्रिया तीन महीना अघिबाटै सुरु भइसकेको थियो । सेनापति थापाले २३ जेठमा पत्रकारसँग अन्तरक्रिया गर्दै नेतृत्व हस्तान्तरण थालेको घोषणा गरेका थिए ।

    शर्माले २६ भदौपछि औपचारिक रुपमा प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।

    ती थापा, यी प्रभुराम

    पूर्णचन्द्र थापाको कार्यकालमा सेनाको अराजनीतिक चरित्रमाथि प्रश्न उठ्ने खाल्का गतिविधि भए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजनीतिक संकट आउँदा नेपाली सेनाले द्वन्द्वकालको झल्को दिने गरी बख्तरबन्द गाडी सडकमा निकाल्यो । त्यही कारण कतिपयले संकटकालको आशंका समेत गरे ।

    जंगीअड्डाका एक अधिकृत भन्छन् – सेनाका सबै विभाग र जिम्मेवारीबारे नजिकबाट नियालेको ज्ञान भएकाले सेनाले अनुभवी र व्यवसायिक अभिभावकत्व पाएको छ ।
    ओलीले पहिलो पटक गरेको संसद विघटनको निर्णय अघि सेनापति थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटे, त्यसले पनि सेनाको भूमिकाप्रति प्रश्न उठायो । भलै त्यसले कुनै प्रभाव पारेको नतिजाबाट देखिएन ।

    नेपाली सेनाको कमाण्ड सम्हाल्ने तयारीमा रहेका शर्मासामू अराजनीतिक चरित्रबाट बाहिर गएको देखिने काम हुन नदिने चुनौती रहेको अधिकृतहरु बताउँछन् ।

    कोरोना महामारीका क्रममा औषधि खरिद प्रकरणमा हात हाल्दा पनि सेनाले विवादित हुनुपरेको छ ।

    जंगीअड्डाका जर्नेलहरुको असहमतिका बीच सेनापति थापाले औषधि खरिदको जिम्मा लिएका थिए । जिम्मवारीबाट पछि हट्दा ‘नागरिक नियन्त्रणबाट बाहिर’ गएको आरोप लाग्ने बताउँदै थापाले औषधि खरिद प्रक्रिया अघि बढाएका थिए । तर स्वास्थ्य सामग्री चलनचल्तीभन्दा महँगोमा खरिद भएको भन्दै प्रश्न उठेपछि सेनाले जिम्मेवारीबाट बाहिरिने निर्णय गर्‍यो ।

    सेनालाई व्यवसायिक चरित्रबाट बाहिर जान नदिन शर्माले भूमिका खेल्नुपर्ने एक वरिष्ठ सैन्य अधिकृत बताउँछन् । ‘थापाको कार्यकाललाई नजिकबाट हेरेकाले पनि उहाँले ती गल्ती दोहोर्‍याउनु हुन्न भन्ने अपेक्षा छ’ ती अधिकृत भन्छन्, ‘विगतका गल्तीबाट पाठ सिक्दै सेनाको छविलाई उच्च बनाउनुपर्छ ।’

    नयाँ संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दी हटाउने वेला सैन्य कूटनीतिले महत्वपूर्ण भूमिका खेलेको भनिन्छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालार्ई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीच देखिएको तिक्तता कम गर्न सैन्य कूटनीतिले भूमिका खेल्नसक्ने कतिपयले बताएका थिए ।

    भारतले पनि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई नेपाल पठाएको थियो । तर गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयलले नेपाल आएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटपछि नेपाल भारत सम्बन्ध नयाँ मोडमा पुगेको विश्लेषकहरु बताउँछन् ।

    सिपाहीको पक्षमा काम गर्ने अपेक्षा

    पुरानो गोरख पल्टनका शर्मालाई ‘सिपाही’को चरित्र भएको अधिकृतको रुपमा चित्रित गर्ने गरिन्छ । जंगीअड्डाका एक अधिकृत भन्छन्, ‘उहाँ सिपाहीसँग घुलमिल हुने र मनमा लागेको कुरा स्पष्टसँग बताउने व्यक्ति हुनुहुन्छ ।’

    पुरानो गोरख पल्टन मगर जातिको पल्टन हो । ‘मगर पल्टनमा अधिकृतहरु जवानसँगै खाने, खेल्ने र भिज्ने गर्थे’ पल्टनकै अर्का अधिकृत भन्छन्, ‘उहाँले पनि जवानसम्मको मनोविज्ञान बुझ्नुहुन्छ र उनीहरुको पक्षमा काम गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’

    वर्तमान सेनापति पूर्णचन्द्र थापाले पनि आफ्नो कार्यकालमा जवानका पक्षमा काम गर्ने प्रयास गरेका थिए । उनले जवानको पेन्सन अवधि १६ वर्ष बनाउने निर्णय गराए । सिपाहीसँग जवानले प्रत्यक्ष संवाद गर्ने परम्परा सुरुवात गरे । शर्माले आफ्नो कार्यकालमा सिपाहीका लागि के गर्छन्, त्यो चाहिँ भविष्यले नै बताउनेछ ।

    शर्मासँग जंगीअड्डाको हरेक विभागमा बसेर काम गरेको अनुभव छ । ३७ वर्षको सैनिक सेवामा उनले गुल्म, गण, बाहिनी र पृतनामा काम गरेका छन् । जंगीअड्डमा सैनिक सचिव, भर्ना छनौट, नीति तथा योजना, सह–बलाध्यक्ष, युद्धकार्य, सम्भाररथी, बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालेका छन् ।

    हालका सेनापति थापासँग युद्धकार्य महानिर्देशनालयमा काम गरेको अनुभव थिएन । जंगीअड्डाका एक अधिकृत भन्छन्, ‘सबै विभाग र जिम्मेवारीबारे नजिकबाट अनुभव र ज्ञान भएकाले सेनाले अनुभवी र व्यवसायिक अभिभावकत्व पाएको छ ।’

    थापाले भारतबाट राष्ट्रिय प्रतिरक्षा, अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्याण्ड तथा पाकिस्तानबाट प्रतिरक्षा सम्बन्धी तालिम प्राप्त गरेका छन् । भावी सेनापति शर्मासँग बंगलादेशमा तीन वर्ष सैनिक सहचारीको रुपमा काम गरेको अुनभव छ । शर्माले संयुक्त राष्ट्र संघीय शान्ति मिसनका क्रममा पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका छन् । शर्मा भारतमा भएको नेपाल भारत द्वीपक्षीय सल्लाहकार समूहको भेलामा पनि सभागी भएका छन् ।

    बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम गरेका शर्माले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका छन् ।

    सेनामा प्रधानसेनापति एक्लैले चाहँदैमा सुधार सम्भव हुँदैन । अधिकृतहरुका अनुसार सेना पद्धतिले चल्ने हो, त्यसैले नेतृत्व परिवर्तनसँगै धेरै ठूलो परिवर्तनको अपेक्षा गर्न सकिँदैन । तर थापा र शर्माको कार्यकालमा सेनाको आन्तरिक जीवनमा केही भिन्नता हुने जंगीअड्डामा अपेक्षा गरिएको छ ।

    हालका सेनापति थापाले तीन वर्षे कार्यकालभरि आर्थिक सुशासनमा जोड दिए । सम्भवतः इतिहासमै सबैभन्दा बढी सैन्य अधिकृत थापाको कार्यकालमा कारबाहीमा परे । ‘विगतमा पनि कारबाही हुन्थे, तर थापा सा’बको पालामा धेरै हल्ला गरिए’ एक अवकाश प्राप्त उपरथी भन्छन्, ‘त्यसलाई चिर्ने चुनौति नयाँ सेनापतिसमक्ष छ ।’

    सेनालाई आधुनिक हतियार र स्रोत साधनले सुसज्जित गराउने चुनौति पनि शर्मासँग छ । थापाको कार्यकालको अन्त्यमा सेना ‘तीन जोड एक कमाण्ड’ अवधारणामा गएको छ । यसको कार्यान्वयन शर्माको नेतृत्वमा हुनेछ । ‘नयाँ संरचनामा जनशक्ति व्यवस्थापन, पल्टन दरबन्दी समायोजन, नयाँ कार्यालयहरु स्थापनाका लागि स्रोत, साधनको व्यवस्थापन लगायत पनि उहाँको चुनौति हो’ जंगीअड्डाका एक अधिकृत भन्छन् ।

    बदलिँदो राजनीतिक परिवेशमा पनि शर्मासँग थप चुनौति पनि हुने अधिकृतहरु बताउँछन् । काठमाडौं तराई/मधेश द्रुत मार्गको जिम्मेवारीमा थापाको कार्यकालमा खासै उपलब्धी भएन । यद्यपि, नीतिगत तहमा अलमलिनु पर्दा ढिलाइ भएको अधिकृतहरु दाबी गर्छन् ।

    तोकिएको अवधिमा राष्ट्रिय गौरवको द्रुत मार्ग निर्माण सम्पन्न गर्नुपर्ने चुनौति पनि शर्मासँग हुनेछ । सेनाभित्र वृत्ति विकासको पक्षलाई पनि उनले ध्यान दिनुपर्ने छ । त्यसबाहेक राष्ट्रिय चुनातिलाई सामना गर्दै प्रतिरक्षा गर्ने नियमित चुनौति त शर्मासँग छँदैछ ।

    छुट्टै राज्य माग गर्दै आएको सीके राउत समूह शान्तिपूर्ण राजनीतिमा आएको छ । संसदीय व्यवस्था विरोधी एजेण्डा लिएर हिंसात्मक गतिविधिमा होमिएको विप्लव समूह पनि मुलधारमा आइसकेको छ । त्यसैले राष्ट्रिय सुरक्षाका केही चुनौति कम भएका छन् ।

    तत्काललाई नेपाल बाह्य शक्तिबाट चुनौति नरहेको अधिकृतहरु बताउँछन् । तर दुई ठूला छिमेकी मुलुक भारत र चीनबीच प्रतिष्पर्धा भइरहेका वेला क्षेत्रीय परिवेशमा नेपाली सेनालाई सन्तुलितरुपमा अघि बढाउनुपर्ने चुनौति चाहिँ शर्मासामू हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑