• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीवनको उत्तरार्द्धमा आइपुगेका महन्थ भए पार्टी विहीन, के गर्लान् अब ?

  • वीरगंज संजाल
  • १२ श्रावण २०७८, मंगलवार २३:२५
  • २५७७

    बिरगंज। निर्वाचन आयोगले उपेन्द्र यादवलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिए पछि महन्थ ठाकुर,राजेन्द्र महतो लगायत ठाकुर निकट नेताहरूले के गर्लान् ? चासाको विषय बनेको छ । ठाकुर र महतो अहिले पार्टी विहीन बनेका छन् । राजनीतिक जीवनको उत्तरार्धमा आएर ठाकुर पार्टीविहीन अवस्थामा छन् । ठाकुर र महतोलागि दुई वटा विकल्प छ, पहिलो विकल्प जसपामै फर्कने, अर्को विकल्प भनेको नयाँ पार्टी खोल्ने । जसपामै फर्कन यादव पक्षले ‘विगतमा केपी ओलीलाई सहयोग गरेर हामीले गल्ती गरेछौ’ भनी सार्वजनिक रूपमा स्वीकार गर्नुपर्ने सर्त ठाकुर–महतो लगायतले नमान्ने भएपछि जसपाले उनीहरूलाई हटाउने निर्णय गरेको छ।

    यादवले ठाकुर र महतोलाई पार्टीबाट निष्कासन गरेपछि नयाँ पार्टी खोल्ने गृहकार्यमा जुटेका छन् । नयाँ पार्टी खोल्ने गृहकार्यमा लागिरहँदा ठाकुर महतो पक्ष निर्वाचन आयोग विरुद्ध पनि अदालतमा जाने समेत भएका छन्। नयाँ पार्टी खोलेमा ठाकुर–महतोको पार्टीमा लाग्ने प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसद तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको पद धरापमा पर्छ । प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरूको पद अदालतले जोगाए पनि समानुपातिक सांसदहरूको पद धरापमा पर्ने निश्चित छ ।

    निर्वाचन आयोगले सोमबार जसपाका कार्यकारिणी सदस्यहरूको हेडकाउन्ट गरेको थियो । आयोगको उक्त निर्णयको विरुद्ध ठाकुर निकट एक नेताले सर्वोच्चमा रिट दायर गरेका छन् । सर्वोच्चले साउन १५ गते पेशी राखेको छ । साउन १५सम्म अदालतले आफ्नो पक्षमा केही गर्छ कि भन्ने आशा ठाकुर पक्षलाई छ । हेडकाउन्ट विरुद्ध ठाकुर पक्षले मागेको अन्तरिम आदेश भने सर्वोच्चले दिएन ।

    ठाकुर पक्षलाई अर्को एउटा आशा छ । ठाकुर पक्षको तर्फबाट कानुन व्यवसायी राजकुमार थापाले सर्वोच्चमा एउटा रिट दायर गरेका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीचको एकीकरण अवैध भएकोले पूर्ववत् अवस्थामा फर्काइ पाउ भनी उनले रिट दायर गरेका छन् । सर्वोच्चले थापाको रिट अनुसार आदेश दियो भने ठाकुर र महतोलाई निकै राहत हुन्छ । किनभने सर्वोच्चले नै पूर्व राजपा ब्युँझाउनेछ । त्यस बेला ठाकुर र महतोसँग लाग्ने पार्टीका नेताहरूको सांसद पद पनि जान्न । यसै गरी स्थानीय जनप्रतिनिधिहरूको पनि सार्वजनिक पद जान्न । यसमा अदालतले केही गर्छ कि भन्ने ठाकुर पक्षका नेताहरूलाई अझै आशा छ ।

    अदालतले यी दुई मुद्दामा राहत दिएन भने नयाँ पार्टी खोल्ने निष्कर्ष ठाकुर पक्षले निकालेको छ । यसकोलागि ठाकुर पक्षले पहिले नै गृहकार्य गरेको थियो । ठाकुर पक्षका नेता ज्ञानेन्द्र झाले निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराएका छन् । यही पार्टीको नाममा नयाँ पार्टी खोल्ने ठाकुर र महतोको तयारी छ ।

    ठाकुर पक्ष पुरानो राजपा ब्युँझाउन चाहेको छ । पुरानो राजपा पाइयो भने पहिलैकै अवस्थामा फर्कन सकिन्छ भन्ने ठाकुर पक्षलाई पुरै विश्वास छ । तर यसमा पनि उपेन्द्र यादवले ठुलो चलाखी खेलेका छन् । ठाकुरलाई राजपा नाम नदिन उनले आफू निकट नेता हरिनाराण यादवलाई राजपा पार्टी निर्वाचन आयोगमा दर्ता कोलागि निवेदन दिन लगाएका छन् । हरिनारायणले राजपा दर्ता गर्न निवेदन दिएको दिन पछि मात्र ठाकुर निकट नेता अजय झाले राजपा दर्ता कोलागि आयोगमा निवेदन दिएका थिए । आयोगले पहिले निवेदन दिएको पक्षलाई आधिकारिकता दिने लगभग निश्चित छ ।

    उपेन्द्र यादवले ठाकुर पक्षलाई दुबैतिर घेराबन्दीमा पारेका छन् । तर, ठाकुर निकट नेता डा.सुरेन्द्र झाले भने,‘हाम्रोलागि त्यस्तो कुनै सकस आएको छैन । महन्थजी र महतोजी जाँहा हुनुहुन्छ, त्यहाँ पार्टी हुन्छ ।’ आफ्नो पार्टीमा सम्बद्ध भएका सांसदहरूको पद नजाने उनले ठोकुवा गरे । ‘कसैको पद जान्न । यो नजिर बसिसकेको छ । यसमा ढुक्क भए हुन्छ’झाले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑