वीरगन्ज । नेपाली कांग्रेसको क्रियाशिल सदस्यबारे छानबिन गर्न बनाइएको समितिले प्रतिवदेन बुझाएको छ । रमेश लेखकको नेतृत्वमा रहेको छानबिन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई छानबिन प्रतिवेदन बनाएको हो ।
केन्द्रमा आएका उजुरी र गुनासोहरूलाई केलाएर प्रतिवेदन तयार परेको समितिले जनाएको छ ।
समितिले अधिवेशनको वर्षमा मात्रै क्रियाशील सदस्यता सम्बन्धी कार्य गर्ने परम्परा समस्या र विवाद देखिएको निष्कर्ष निकालेको छ ।
आगामी महाधिवेशनपछि पार्टी विधानको व्यवस्था अनुसार नै निश्चित समयमा सदस्यताको प्रक्रिया टुंग्याउने र तोकिएको समयपछि बन्द्र गर्ने नियम लागु गर्न सुझाव दिइएको छ ।
क्रियाशील सदस्य र मतदाताको हैसियत स्पष्ट छट्टिने वैधानिक व्यवस्था गरिनु पर्ने सुझाव समितिले दिएको छ ।
लेखकको नेतृत्वमा रहेको छानबिन समितिमा आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी रहेका थिए ।
छानबिन समितिले बुझाएको पूरा प्रतिवेदन