• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा उपेन्द्र यादवले पाउने भएपछि ठाकुर पक्ष अन्योलमा

  • वीरगंज संजाल
  • ११ श्रावण २०७८, सोमबार ०३:४०
  • ४८०१

    बिरगंज। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने निश्चित भएपछि महन्थ ठाकुर पक्ष अन्योलमा परेको छ। निर्वाचन आयोगले सोमबार कार्यकारिणी सदस्यलाई सनाखतका लागि नागरिकतासहित उपस्थित हुन आदेश जारी गरेपछि अल्पमतमा भएको महन्थ पक्ष अन्योलमा परेको हो।

    जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये जेलमा रहेका रेशम चौधरी बाहेकका ५० जनामध्ये ठाकुर पक्षमा १८ जना मात्रै छन्। आफूहरु अल्पमतमा भएको यथार्थका कारण महन्थ पक्षले सर्वोच्च अदालतबाट ‘न्याय’ पाउन सकिने अपेक्षासहित रिट पनि दायर गरेको थियो। तर, सर्वोच्चले महन्थ ठाकुरको मागदाबीअनुसार आदेश जारी गर्न मानेन।

    कार्यकारिणी सदस्यको सनाखत गर्ने निर्वाचन आयोगको प्रक्रिया रोक्नुपर्ने सहितका मागदाबीमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न नमानेपछि महन्थ पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको थियो। पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने निश्चित भएपछि कसरी अघि बढ्ने भन्ने विषयमा टुंगो नलागेपछि पुनःसोमबार विहान ९ बजे बैठक बस्ने गरी आइतबारको बैठक सकिएको नेता अनिल झाले बताए। अपराह्न ५ बजेदेखि राति ८ बजेसम्म ३ घण्टा छलफल भएपनि कुनै निर्णय भने भएन।

    ‘आजको बैठकमा मुख्यत: सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको विषयमा छलफल भयो। निर्वाचन आयोगमा कार्यकारिणी सदस्यलाई सनाखतका लागि बोलाएको विषयमा सामान्य छलफल मात्रै भयो। भोलि (सोमबार) विहान ९ बजे त्यस विषयमा गम्भीर छलफल गरेर निष्कर्षमा पुग्ने छौं,’ झाले भने।

    नयाँ पार्टी दर्ता गर्ने?
    आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि बसेको बैठकमा महन्थ पक्षका केही नेताले नयाँ पार्टी दर्ता गरेर जानुपर्ने विषय समेत उठाएका थिए।

    बैठकमा आफ्नो धारणा राखेकामध्ये केही कार्यकारिणी सदस्यले उपेन्द्र यादवले नै पार्टी विभाजन गर्न खोजेकाले अब अर्को पार्टी बनाउनुको विकल्प नभएको बताएका थिए।

    आफूहरुले निर्वाचन आयोगमा पुग्दा पार्टीभित्रै विवाद मिलाइने भनेपनि यादवले एउटै पार्टीमा बस्न सकिँदैन भनेर विभाजनको चाहना प्रकट गरेको ती सदस्यहरुको भनाइ थियो।

    ‘पार्टी विभाजन गर्नुहुँदैन भनेर धेरै प्रत्यन्न गरियो। निर्वाचन आयोगमा पार्टी एक बनाउने विषयमा हामीहरु सहमत नै थियौ,’ आइतबारको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले भने, ‘उपेन्द्रजीले नै अघि सरेर एउटै पार्टीमा बस्न सकिँदैन, छुट्टिऔं भनेपछि महन्थजीले पार्टीको आधिकारिकता टुंगो लगाइदिनु भनेर हस्ताक्षर गर्नु भयो।’

    महन्थ पक्षको आइतबारको बैठकमा बोल्नेमध्ये धेरै नेताले पार्टी एकता उपेन्द्र यादवले नै भत्काएकाले त्यसको दोष उनैले बोक्नु पर्ने धारणा राखे।

    गत असार २२ गते निर्वाचन आयोगले सहमतिका लागि दुवै पक्षलाई बोलाएर छलफल समेत गरेको थियो। उक्त छलफलमा उपेन्द्र यादवले मिलेर जान नसक्ने भन्दै पार्टी आधिकारिकता तत्काल टुंग्याउन आग्रह गरेपछि दुवै अध्यक्षको हस्ताक्षरसहित पार्टी आधिकारिकताको विवाद टुंग्याउने निवेदन पेस भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑