बिरगंज। खानाको स्वाद बढाउनका लागि हींगको प्रयोग गरिन्छ । यसले स्वाद बढाउनुका साथसाथै पेटका समस्या पनि निको पार्छ । अरू रोग पनि यसले ठीक पार्छ । यहाँ हामी हींगका फाइदाका बारेमा बताउँदैछौं जसका बारेमा तपाईं लगायत धेरैलाई थाहै छैन ।
१ पेटको समस्या
हींगले अपच, पेटदुखाइ र पेट पोल्ने समस्यालाई हटाउँछ ।
२ रुघामर्की
हींगलाई पिँधेर पानीमा हाल्नुस् र एउटा शीशामा भर्नुस् । अनि यसलाई सुँघ्नुस् । यसो गर्दा रुघामर्की, टाउको भारी भएको र दुखेको निको हुन्छ ।
३ निमोनिया
पिठ्युँ र गलामा हींगपानीको लेप लगाउँदा खोकी, निमोनिया र साससम्बन्धी समस्या हट्छ ।
४ पेटको कीरा
पेटमा कीरा पर्दा अलिकति हींगलाई एक चम्चा पानीमा डुबाउनुस् । अनि त्यो घोललाई कपासमा राखेर चाकभित्र घुसाउनुस् । यसो गर्दा सबै कीरा मर्छन् ।
५ दाद
अलिकति हींग पानीमा मिसाएर दाद भएको ठाउँमा लगाउनुस् । दाद पूरै निको हुन्छ ।
६ गर्भवती महिला
बच्चा पाइसकेपछि महिलाले हींग खानुपर्छ । यसले गर्भाशय शुद्ध बनाउँछ र पेटसम्बन्धी समस्या पनि हटाइदिन्छ ।
७ जोर्नीमा पीडा
दिनदिनै हींग खाँदा जोर्नीका पीडा दूर हुनछन् र हड्डी पनि मजबुत बन्छन् ।
८ घाउ निको नहुँदा
कुनै घाउ निको नभएर ताजै रहिरह्यो भने नीमको पात र हींगलाई पिँधेर घाउमा लगाउँदा केही दिनमै ठीक हुन्छ ।
९ लो ब्लड प्रेसर
हींगको चूर्णमा अलिकति नून मिसाएर पानीका साथ पिउँदा लो ब्लड प्रेसर ठीक हुन्छ ।
१० दाँतमा कीरा
हींगलाई भुटेर कपासमा बेर्नुस् अनि दाह्रामा राख्नुस् । दाँतको कीरा यसले हटाइदिन्छ ।
पञ्जाब केसरीबाट