• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १६ वर्षीय नेपाली किशोरले फेला पारे फेसबुकको सुरक्षा कमजोरी, रिवार्डमा ५ लाख नगद

  • वीरगंज संजाल
  • ११ श्रावण २०७८, सोमबार ०४:१९
  • ३७१३

    बिरगंज। एक जना १६ वर्षीय नेपाली किशोरले पछिल्लो दुई महिनाको अवधिमै फेसबुकबाट चार हजार १५० अमेरिकी डलर (करिब चार लाख ९३ हजार रुपैयाँ) पुरस्कार पाउन सफल भएका छन् । भक्तपुर स्थिति सैनिक आवासीय विद्यालयमा ११ कक्षामा अध्ययनरत विजय केसीले फेसबुकको सुरक्षा कमजोरी फेला पारे वापत रिवार्ड स्वरुप उक्त रकम हात पारेका हुन् ।

    उनले गत १७ वैशाखमा फेसबुक ग्रुपमा पेजबाट जानुपर्ने कमेन्ट व्यक्तिगत प्रोफाइलबाट जाने ‘बग’ रिपोर्ट गरेका थिए । त्यस वापत उनलाई  फेसबुकले करिब डेढ महिना अघि १००० अमेरिकी डलर रिवार्ड दिएको थियो । यसैगरी सोही किसिमको समस्या ग्रुपमा आएका कमेन्टमा रिप्लाई दिँदा समेत थियो ।

    त्यसलाई छुट्टै बगको रुपमा स्वीकार गर्दै फेसबुकले थप १०५० अमेरिकी डलर रिवार्ड दियो । फेसबुकले इन्स्टाग्राम र फेसबुक पेजलाई व्यवस्थापन गर्न फेसबुक बिजनेस स्विट एप नामक छुट्टै एप्लिकेसन समेत ल्याएको छ ।

    उक्त एप्लिकेसनबाट शेयर गरिएको लिङ्कमा पेजबाट कमेन्ट गर्दा र रिप्लाई दिँदा समेत एड्मिन एक्सपोज (व्यक्तिगत प्रोफाइलबाट रिप्लाई जाने) समस्या केसीले भेट्टाएका थिए । ती दुवैलाई बेग्ला बेग्लै बगको रुपमा स्वीकार गरेको फेसबुकले समान १०५०/१०५० अमेरिकी डलर बग बाउन्टी उपलब्ध गराएको छ ।

    हाल यी सबै बग फिक्स (समाधान) भइसकेका छन् । बग पत्ता लगाउने नेपाली किशोर विजय केसी कम्प्युटर साइन्सका विद्यार्थी पनि होइनन् । बायोलोजी विषय लिएर बढिरहेका उनी अहिले ११ कक्षाको परीक्षा कुरिरहेका छन् ।

    आफूले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धि प्राविधिक ज्ञानको आधारमा नभई लजिकल तरिकाबाट उक्त ‘बग’ फेला पारेको उनी सुनाउँछन् । ‘केही महिना अघितिर टेकपानामा बग पत्ता लगाएर २० हजार डलर आम्दानी गरेको समाचार पढेको थिएँ,’ उनी भन्छन्, ‘त्यहीँबाट यो विषयमा अलिकति चासो बढेको थियो ।’

    फेसबुकमा केसीले केही ग्रुप र पेज समेत चलाउँछन् । यस्तैमा एकदिन ग्रुपको पोस्टमा पेजबाट रिप्लाई लेख्दै थिए । रिप्लाई लेख्ने भागको सँगै बायाँतिर पेजको प्रोफाइल देखिइरहेको थियो । यसको अर्थ रिप्लाई लेख्दा पेजकै नामबाट पोस्ट हुनुपर्ने हो ।

    तर त्यहाँ उनको व्यक्तिगत प्रोफाइलबाट पोस्ट भइदियो । त्यसपछि उनले यो समस्या ‘बग’ भएको हुनसक्ने ठाने अनि फेसबुकमा रिपोर्ट गरे । ‘यत्ति थाहा पाउन कुनै प्राविधिक जानकारी वा पृष्ठभूमि हुन आवश्यक पनि थिएन,’ उनले भने, ‘यो त केवल लजिकल बग थियो ।

    रिपोर्ट गरेपछि फेसबुकले समेत त्यसलाई स्वीकार गर्‍यो । त्यही बग अन्य ठाउँमा पनि थियो । ती सबै बगको विषयमा छुट्टाछुट्टै रिपोर्ट गरेको थिएँ । अहिले सबै बग भ्यालिड भएर फेसबुकबाट रिवार्ड पनि आएको छ ।’ आफूले पैसाका लागि भन्दा पनि फेसबुकको ‘हल अफ फेम’मा (फेसबुकलाई सुरक्षित पार्न सघाउने साइबर सुरक्षा अनुसन्धानकर्तालाई सम्मान स्वरुप दिइने पहिचान) आफ्नो नाम होस् भन्ने चाहेर रिपोर्ट गरेको उनको बताउँछन् ।

    नभन्दै केसी अहिले फेसबुकको हल अफ फेम (ह्वाइट ह्याट) को ६८ नम्बरमा स्थान बनाउन सफल भएका छन् । ख्यालख्यालमै बगबाउन्टीमा लागेका उनको रुची पछिल्लो समय सूचना प्रविधितिर मोडिन थालेको छ । त्यसैले त उनी अब प्लस टुपछि आईटीको अध्ययनसँगै यसै क्षेत्रमा करियर बनाउने  सपना देखिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑