बिरगंज । लायन्स क्लब अफ बिरगंजले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ४ मा २ हजार थान विरुवा रोपेको छ । बनजारी स्कुल, प्रहरी चौकी, सशस्त्र प्रहरी ब्यारेक, छिपहरमाई मन्दिर, तुलसीबरुवा स्कुल, ईदगाह लगायतका ठाउँमा विभिन्न प्रजातीका २ हजार विरुवा रोपिएको क्लबका अध्यक्ष छेडुप लामाले बताए ।
लामाकै सभापतित्वमा सम्पन्न बृक्षरोपण कार्यक्रमको उद्घघाटन वडा नम्बर ४ का वडाअध्यक्ष रामबालक गद्दी राउतले गरेका थिए । विरुवा रोपेर उद्घघाटन गर्ने क्रममा वडाअध्यक्ष राउतले वातावरणलाई जोगाउन सके मात्रै मानव सुरक्षित हुने धारणा राखे । वातावरण हराभरा भएमा हामीले पनि स्वच्छ अक्सिजन प्राप्त गर्ने र मानिस स्वास्थ्य हुने बताए । पछिल्लो समयमा धरापमा पर्दै गइरहेको अवस्थामा वातावरणलाई जोगाउन सबैले ऐक्यबद्धता जनाउनुपर्नेमा उनले जोड दिए ।
साथै पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये वृक्षरोपणका लागि आफ्नो वडामा आएकोमा क्लबप्रति आभार पनि व्यक्त गरे । बृक्षरोपण र यसको महत्वबारे प्रकाश पार्दै जोन चैरपर्सन लायन बलराम श्रेष्ठले क्लबले वातावरणको क्षेत्रदेखि लिएर आवश्यक्ता अनुसार सबै क्षेत्रमा काम गर्दै आएको बताए ।
त्यसैगरी समाजसेवी जितेन्द्र कुमार कर्ण, बनजारी विद्यालयका प्रधानाध्यापक चित्रबिक्रम साह, तुलसीबरुवा विद्यालयका प्रधानाध्यापक प्रभु गिरी लगायतले वातावरण जोगाउन र बृक्षरोपण गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा छिपहरमाई गाउँपालिका, बनजारी स्कुल, तुलसीबरवा स्कुल र वडा कार्यालयलाई सभापति लायन लामाले मायाको चिनो समेत प्रदान गरेका थिए ।
यस्तै लामाले सम्पूर्ण अतिथी र क्लबको कर्पाेरेट पार्टनर माछापुच्छे बैंक लिमिटेड, दृष्टि आँखा अस्पताल, प्रभु हस्पिटल, स्पर्श मल्टिस्पेशीलियाटी हस्पिटल, सञ्जिवनी गाइग्नोस्टिक, गौतम स्कुल, नेशनल इन्फोटेक कलेज, साउन जोन स्कुल लगायतलाई धन्यवाद दिँदै वर्ष २०२१÷२२ को कार्यक्रमबो प्रकाश पारेका थिए ।कार्यक्रमको सहजिकरण लायन सचिव पप्पू श्रीवास्तवले गरेका थिए ।