बीरगन्ज । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आफूपक्षीय कार्यकारिणी सदस्य र सांसदहरूसँग छलफल गरेका छन्।बबरमहलस्थित जसपाको कार्यालयमा बसेको ठाकुर पक्षको बैठकमा आगामी रणनीतिबारे छलफल भएको बताइएको छ।तर, आगामी रणनीति के गर्ने भन्नेमा भने अन्योल देखिएको बैठकका एक सहभागीले सेतोपाटीलाई बताए।जसपाको आधिकारिकताबारे सोमबार निर्वाचन आयोगले निर्णय गर्दैछ। अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा कार्यकारिणी समिति र संसदीय दल दुबैमा बहुमत रहेकाले यादव पक्षले नै आधिकारिकता पाउने सम्भावना धेरै छ।
‘उनीहरू (यादव पक्षले) नै आधिकारिकता पाउँछन् होला। हामीलाई पनि नयाँ दल दर्ता गर्ने मौका दिन्छ तर जनप्रतिनिधिबारे के गर्छ भन्ने मात्रै हो,’ बैठकमा सहभागी एक नेताले भने, ‘संसदीय दलमा त हाम्रो ४० प्रतिशत पुग्छ तर कार्यकारिणीमा पुग्न कठिन छ। यसबारेमा आयोगले पनि केही निर्णय लिन्छ होला।’जसपाको ५१ सदस्यीय कार्यकारिणीलाई निर्वाचन आयोगले मान्यता दिएको छ। आफूहरूसँग ३० जना भन्दाबढी रहेको यादव पक्षको दाबी छ। ३२ सांसदमध्ये यादवसँग १८ जना सांसद छन्। केही कार्यकारिणी सदस्य र सांसद भने अझै खुलेका छैनन्।
यसैबीच, साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन सत्ता पक्षको कुर्सीमा रहेका सांसद राजकिशोर यादव ठाकुर पक्षको बैठकमा सहभागी भएका छन्। यादवले आफू ठाकुर पक्षसँगै रहने प्रतिबद्धता जनाएको बैठकका एक सहभागी नेताले बताए।कार्यकारिणी सदस्यसमेत रहेका सांसद यादव उपेन्द्र यादव पक्षको बैठकमा समेत सहभागी रहेको स्रोतको दाबी छ।जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले आफू पक्षीय कार्यकारिणी सदस्य र सांसदसँग छलफल गरेको छ।बबरमहलस्थित जसपाको कार्यालयमा बसेको ठाकुर पक्षको बैठकमा आगामी रणनीतिबारे छलफल भए पनि आगामी रणनीति के गर्ने भन्नेमा अन्यौल देखिएको बैठकमा सहभागी एक सदस्यले सेतोपाटीलाई बताए।
जसपाको आधिकारिकताबारे सोमबार निर्वाचन आयोगले निर्णय गर्दैछ। अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा कार्यकारिणी समिती र संसदीय दल दुवैमा बहुमत रहेकाले यादव पक्षले नै आधिकारिकता पाउने सम्भावना धेरै छ।’उनीहरुलेनै (यादव पक्षले) नै आधिकारिकता पाउँछन् होला। हामीलाई पनि नयाँ दल दर्ता गर्ने मौका दिन्छ। तर जनप्रतिनिधिबारे के गर्छ भन्ने मात्रै हो। ‘बैठकका एक सहभागिले भने, ‘संसदीय दलमा त हाम्रो ४० प्रतिशत पुग्छ तर कार्यकारिणीमा पुग्न कठिन छ। यसबारेमा आयोगले पनि केही निर्णय लिन्छ होला।’
जसपाको ५१ सदस्यीय कार्यकारिणीलाई निर्वाचन आयोगले मान्यता दिएको छ। आफूहरूसँग ३० जना भन्दा बढी रहेको यादव पक्षको दाबी छ। ३२ सांसदमध्ये यादवसँग १८ सांसद छन्। केही कार्यकारिणी सदस्य र सांसद भने अझै खुलेका छैनन्।यसैबीच साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसद राजकिशोर यादव ठाकुर पक्षको बैठकमा सहभागि भएका छन्। यादवले आफू ठाकुर पक्षसँगै रहने प्रतिबद्धता जनाएको बैठकका एक सहभागिले बताए।कार्यकारिणी सदस्य समेत रहेका सांसद यादव शनिबार उपेन्द्र यादव पक्षको बैठकमा समेत सहभागी रहेको स्रोतको दाबी छ।यसैबीच यादव पक्षले भोलि आफू पक्षीय सांसद र कार्यकारिणी सदस्यलाई प्रशिक्षण दिने भएको छ।