• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कूटनीतिक क्षेत्रमा देउवाका चुनौती

  • वीरगंज संजाल
  • १० श्रावण २०७८, आईतवार ०७:२८
  • २०७७

    बीरगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई छिमेकी राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राख्ने उद्घोष गरिसकेका छन् । प्रधानमन्त्री भएपछि ३ साउनमा संसद्मा बोल्दै देउवाले दुई छिमेकी चीन र भारतसँग राम्रो सम्बन्ध स्थापित गर्ने बताएका थिए ।देउवालाई लामो समयदेखि भारतसँग बिग्रिएको सम्बन्ध सुधार र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने चुनौती छ । दुई छिमेकी मुलुकमध्ये भारतसँग लामो समयदेखि सीमा, पारवहान, पानीको विवादलगायत दर्जनाैँ समस्या छन् । यी विवाद देउवा नेतृत्वको सरकारले कूटनीतिक वार्ताबाट कसरी हल गर्न सक्ला भन्ने विषय सबैको चासोमा परेको छ ।त्यसो त नेपालको राजनीति नजिकबाट नियालिरहेको भारतका प्रधानमन्त्री मोदीले देउवालाई संसद्बाट विश्वासको मत पाएपछि मात्रै बधाई तथा शुभकामना दिए । यसअघि प्रधानमन्त्री देउवालाई नेपालमा स्थानीय तह र संघीय चुनाव सफलतापूर्वक गराएकोमा मोदीले बधाई दिएका थिए ।

    यसबीचमा भारतका प्रधानमन्त्री मोदीले सुरुमा सामाजिक सञ्जालमार्फत र पछि टेलिफोन गरेर देउवालाई बधाई मात्रै दिएका छैनन् कोरोना भाइरसविरुद्ध लड्न सहकार्यका लागि भारत तयार रहेको सन्देश पनि दिएका छन् । मोदीले टेलिफोन कुराकानीमा नेपाललाई चाँडै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासनसमेत दिएका छन् । यो आश्वासन कति पूरा हुन्छ त्यो आगामी दिनले देखाउनेछ । यसअघि ओली सरकारले भारतसँग खोप खरिद गर्दासमेत भारतले खोप उपलब्ध गराएको छैन । भारतसँग खरिद गरेको कोभिसिल्ड खोप नआउँदा अझै पनि ज्येष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाइरहेका छैनन् । नेपाललाई अहिले थप खोप आवश्यक छ । तर, समयमा खोप उपलब्ध नहुँदा नागरिक समस्यामा छन् । भारतबाट खोप ल्याउन प्रधानमन्त्री देउवाको भूमिका महत्वपूर्ण रहन्छ ।

    नेपाल—भारतको प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन दुई वर्षदेखि अलपत्र छ । केपी ओली प्रधानमन्त्री हँुदा बनेको प्रबुद्ध समूहको प्रतिवेदन नरेन्द्र मोदीले बुझ्न नमान्दा अलपत्र परेको हो । सो विषयमा देउवाले आफ्नो पहलकदमी कसरी अघि बढाउलान् ? यसलाई पनि निकै चासोको रूपमा लिइएको छ ।प्रबुद्ध समूह (ईपीजी) को दुईवर्षे समयावधि २०७५ असार २० मै सकिएको हो । काठमाडौंमा बसेको ईपीजी अन्तिम (नवौं) बैठकमा दुवै पक्षका सदस्यले संयुक्त प्रतिवेदनमा हस्ताक्षर गरेका थिए । अन्तिम बैठकमा दुवै मुलुकका प्रधानमन्त्रीलाई औपचारिक कार्यक्रमबीच प्रतिवेदन हस्तान्तरण गर्ने तालिका तय भएको थियो । साथै पहिले भारतीय प्रधानमन्त्रीलाई र त्यसपछि काठमाडौंमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने समझदारी थियो । तर, भारतीय पक्षको अनिच्छाका कारण ईपीजी प्रतिवेदन ‘औचित्यहीन’ बन्न पुगेको छ । देउवा सरकारले ईपीजी प्रतिवेदनलाई अघि बढाउन भूमिका खेल्नुपर्ने कूटनीतिक क्षेत्रका जानकार बताउँछन् ।

    प्रधानमन्त्री तहमा भएको सहमतिअनुसार नेपाल–भारतबीच भएको १९५० लगायतका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन २०७३ सालमा ईपीजी गठन गरिएको थियो । यसबीचमा ईपीजीका भारतीय पक्षका एक सदस्य बीसी उप्रेतीको निधन भइसकेको छ ।नेपाल सरकारले परराष्ट्र नीतिलाई प्राथमिकता नराखेका कारण समस्या आइरहेको पूर्वराजदूत दीपकुमार उपाध्यायको भनाइ छ । उपाध्यायका अनुसार दुई मुलुकको सरकारको नेतृत्व बदलिन सक्ने भए पनि जनस्तरको सम्बन्ध बिगार्नु हुँदैन ।अहिलेको अवस्थामा नेपालले परराष्ट्र नीतिलाई प्राथमिकतामा राखेर भारतसँग सघन वार्ता गर्नुपर्ने कूटनीतिज्ञको भनाइ छ । यो अवस्थामा सरकारले वार्ता गर्न नसके नेपाल र भारतबीच तिक्तता रहिरहने कूटनीतिज्ञ बताउँछन् ।

    केपी शर्मा ओली सरकारको पालामा नेपालको लिम्पियाधुरासहितको नक्सा जारी भए पनि जमिन फिर्ता भएको छैन । देउवा सरकारले नेपालको भूमि फिर्ता गर्न कूटनीतिक पहल कसरी थाल्छ त्यो पनि महŒवपूर्ण विषय हो । भारतले जम्मु काश्मीरलाई समेटेर २५ कात्तिक २०७६ मा नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गर्दा नेपालको भूभाग पनि समेटिएपछि दुई देशको कूटनीतिक सम्बन्धमा तिक्तता आएको थियो । त्यसपछि नेपालले ७ जेठ २०७७ मा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेपछि दुई देशबीच संवादहीनताको अवस्थासम्म पुगेको थियो । नक्सा जारीपछिको तिक्तता अझै पनि बाँकी रहेकाले अब देउवा सरकारले जमिन फिर्ताका लागि कूटनीतिक वार्ता गर्नुपर्नेछ ।त्यस्तै, भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत रोकेको पानीको बहाव र पारवहन समस्याको समाधानका लागि देउवा सरकारले कूटनीतिक माध्यमबाट हल गर्नुपर्नेछ । यो अवस्था रहिरहे समस्या झनै बल्झने खतरा रहने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑