• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आयात–निर्यात दुवै बढ्यो

  • वीरगंज संजाल
  • १० श्रावण २०७८, आईतवार ०७:०८
  • २३५३

    बीरगन्ज । कोरोना महामारीको असहज अवस्थामा पनि गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आयात –निर्यात दुवै बढेको छ । गत आव असार मसान्तसम्मको अवधिमा झन्डै साढे १५ खर्बको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको एक वर्षमा कुल १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको हो । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा कुल ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा गत आवमा सो आयात बढेर झन्डै साढे १५ खर्ब रुपैयाँ पुगेको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा यसपालि २८ दशमलव ६६ प्रतिशतले आयात बढेको भन्सार विभागले जनाएको छ । कोरोना भाइरस महामारीका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बेलामा पनि झन्डै साढे १५ खर्बको वस्तु तथा सेवा आयात गर्नु सकारात्मक संकेतको सूचक भएको विभागले जनाएको छ ।

    विभागको तथ्यांकअनुसार गत आवको एक वर्षको अवधिमा आयातसँगै निर्यात पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । गत आवको असार मसान्तसम्ममा कुल १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ । अघिल्लो आव २०७६/७७ मा नेपालले जम्मा ९७ अर्ब ७० करोड ९१ लाख रुपैयाँबराबरको नेपाली उत्पादित वस्तु तथा सेवा निर्यात गर्न सफल भएको थियो । यो निर्यातको दर अघिल्लो आवको भन्दा ४४ दशमलव ४३ प्रतिशतले बढी हो ।विभागका अनुसार यसपालि कुल वैदेशिक व्यापारमा पनि वृद्धि देखिएको छ । आव २०७६/७७ मा १२ खर्ब ९४ अर्ब ५० करोड ८१ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको मुलुकले गत आव २०७७/७८ को एक वर्षको अवधिमा कुल १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ । जुन २९ दशमलव ८५ प्रतिशतले बढी हो । यसैगरी, सरकारले सो अवधिमा आयात भएको वस्तु तथा सेवाबाट ३ खर्ब ८२ अर्ब १३ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

    नेपालले एक वर्षको अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ, आइरन प्रोडक्ट (स्टिल), भटमासको तेल, मोबाइल फोन, ग्यास र सुन आयात गरेको छ ।

    झन्डै ४७ करोडको गोलभेंडा आयात

    भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा झन्डै ४७ करोड रुपैयाँको गोलभेंडा (टमाटर) मात्र आयात भएको छ । कृषिप्रधान देशमा उपभोक्ताको मागअनुरूप स्वदेशी उत्पादनले नधानेपछि एक वर्षको अवधिमा गोलभेंडा खरिदमा मात्र यति धेरै रकम बाहिरिएको हो ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आव २०७७/७८ को असार मसान्तसम्म छिमेकी मुलुक भारत र चीनलगायत विभिन्न देशबाट नेपालमा कुल ४६ करोड ७५ लाख ६० हजार रुपैयाँको गोलभेंडा आयात भएको छ । विशेषगरी नेपालमा भारतबाट नै सबैभन्दा धेरै टमाटर आयात हुने गरेको छ । चीनबाट केही आए पनि अन्य देशबाट भने टमाटर आयात हुँदैन । विभागका अनुसार सो अवधिमा ३६ हजार ४ सय ४३ टनभन्दा बढी टमाटर आयात भएको छ । एक वर्षको अवधिमा टमाटर आयातबाट मात्र सरकारले कुल ४ करोड २४ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

    वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया र इजरायत पुगेर कृषि फर्ममा काम गरी त्यहाँको ज्ञान तथा सिप हासिल गरी स्वदेश फर्किएका युवाले सामूहिक तरकारी खेती गर्न थालेसँगै हाल नेपालमा टमाटर उत्पादनमा वृद्धि हुन थालेको छ । तर, स्वदेशी किसानले टमाटर बिक्री गरेर नाफा कमाउनुभन्दा पनि टडेल निर्माणलगायत उत्पादनमा गरेको लगानीसमेत उठाउन सकेका छैनन् ।

    यस्तो छ भन्सारको अवस्था

    हवाई मार्गबाट ल्याउने/लैजानेबाहेक मुलुकमा स्थलगत भन्सार नाकाबाट विभिन्न वस्तु आयात–निर्यात हुने गरेका छन् । ती वस्तु देशका विभिन्न भन्सार नाकाबाट आयात/निर्यात भएका छन् । हाल देशभर २४ वटा भन्सार नाका रहेका छन् । यी २४ वटा भन्सार नाकामध्ये वीरगन्ज नाकाबाट सबैभन्दा बढी वस्तु तथा सेवा आयात हुने गरेको छ । एक आर्थिक वर्षमा वीरगन्ज भन्सारबाट ५ खर्ब ११ अर्ब ७५ करोड ४४ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ । सो भन्सारले मात्रै आयातीत वस्तु तथा सेवा ३३ दशमलव २३ प्रतिशत ओगटेको छ ।

    यसैगरी, भैरहवा भन्सारबाट २ खर्ब ८१ अर्ब ६१ करोड ६० लाख रुपैयाँ, विराटनगरबाट १ खर्ब ८९ अर्ब ६५ करोड ५० लाख रुपैयाँको, ड्राइपोर्टबाट १ खर्ब ८९ अर्ब ३८ करोड १९ लाख रुपैयाँ र अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ४३ अर्ब ३८ करोड १९ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ । सो भन्सार नाकाबाट आयातीतमध्ये क्रमशः १८ दशमलव २९ प्रतिशत, १२ दशमलव ३२ प्रतिशत र १२ दशमलव ३० प्रतिशतले ओगटेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।त्यसैगरी, नेपालगन्जबाट ६८ अर्ब ९४ करोड ४ लाख रुपैयाँको आयात हँुदा मेची भन्सारबाट ४४ अर्ब ८ करोड ५८ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ । त्यसैगरी, कैलालीबाट २६ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ, कृष्णनगर भन्सारबाट २४ अर्ब ४८ करोड १० लाख रुपैयाँ, रसुवाबाट १७ अर्ब १ करोड ४८ लाख रुपैयाँ र सुठौलीबाट १० अर्ब ३५ करोड ९६ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको जनाइएको छ ।

    चीनको तातोपानी भन्सारबाट ५ अर्ब ८४ करोड ९१ लाख रुपैयाँ, जलेश्वरबाट ५ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ, सुनसरीबाट ५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ, सर्लाहीबाट ५ अर्ब १२ करोड ४१ लाख रुपैयाँ, जनकपुरबाट २ अर्ब ४४ करोड रुपैयाँ, महेश्वर नाकाबाट १ अर्ब ५२ करोड १४ लाख रुपैयाँ, कञ्चनपुरबाट १ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ, गौर भन्सार नाकाबाट १ अर्ब २६ करोड ४९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको भसार विभागले जनाएको छ ।त्यसैगरी, ठाडी भन्सारबाट १ अर्ब ८ करोड ८० लाख रुपैयाँको, सिराहाबाट १ अर्ब २ करोड रुपैयाँ, भद्रपुरबाट ९२ करोड ३९ लाख रुपैयाँ, सतीबाट ५३ करोड २६ लाख रुपैयाँ र राजविराजबाट १६ करोड ९० लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑