• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगन्ज महानगर भन्छ, ‘विद्यालय खोलौं’ प्रशासनले भन्छ, ‘हुँदैन’

  • वीरगंज संजाल
  • ९ श्रावण २०७८, शनिबार २३:३५
  • २८३३

    बीरगन्ज । पछिल्लो केही सातायता पर्सामा कोरोनाभाइरस संक्रमणको दर न्युन हुँदै गएको छ । बीरगन्जस्थित नारायणी अस्पतालमा दैनिक हुने पिसिआर परिक्षण मध्ये अधिकांश रिपोर्ट नेगेटिभ आउन थालेको छ । नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा. सरोज रोशन दासका अनुसार पर्सामा कोरोनाभाइरसको संक्रमण दर १ देखि २ प्रतिशतको बीचमा छ । नारायणी अस्पतालमा बिहीबार ३ सय २० जनामा गरिएको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै शुक्रबार ८४ जनामा भएको परिक्षणमा १ जनामा संक्रमण पुष्टि भयो । यस अर्थमा तथ्यांकले पनि पर्सामा संक्रमण दर घट्दै गएको देखाएको छ ।

    विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोनाभाइरसका बिरामीहरुको संख्याको आधारमा क्षेत्रहरुलाई रेड जोन, अरेन्ज जोन र ग्रीन जोन गरि ३ वर्गमा विभाजन गरेको छ । डब्लुएचओले कोेरोनाका बिरामीहरुको संख्या अत्यधिक भएका क्षेत्रलाई रेड जोन भनेको छ भने बिरामीहरुको संख्या ओरालो लागिरहेको क्षेत्रलाई अरेन्ज जोन भनि विभाजन गरेको छ । यस्तै कोरोनाका बिरामी हुँदै नभएको क्षेत्रलाई भने ग्रीन जोन भनिएको छ । डब्लुएचओको वर्गिकरणलाई आधार मान्ने हो भने बीरगन्ज हाल अरेन्ज जोनमा छ । नारायणी अस्पतालमा हाल कोरोना ५ जना बिरामी उपचाररत छन् । र, बिरामीहरुको संंख्या निरन्तर ओरालो लाग्ने क्रममा रहेको अस्पतालले जनाएको छ । यता, अरेन्ज जोनमा रहेको बीरगन्जका अधिकांश क्षेत्र निषेधाज्ञा पछि खुलिुसकेका छन् । दोस्रो लहरको कोरोनाभाइरस संक्रमणको दरलाई न्युन बनाउन आह्वान गरिएको निषेधाज्ञा खुकुलो भएसँगै यहाँका अधिकांश क्षेत्र सञ्चालनमा आएका हुन् । बैंक तथा वित्तिय संस्था, यातायात, बजार, कलकारखानालगायतका क्षेत्रहरु पूर्ण रुपमा सञ्चालनमा आईसकेका छन् ।

    तर, शैक्षिक संस्था सञ्चालनमा आउने कुनै छाँटकाँट देखिएको छैन । बीरगन्जमा कोरोनाका बिरामीहरुको संख्या निरन्तर ओरोलो लागिरहे पनि भौतिक रुपमा कक्षा सञ्चालन गर्न कुनै पहल भएको छैन । गत वैशाख १६, २०७बmउस८ बाट बन्द भएका भौतिक कक्षाहरु ३ महिना बित्दा पनि सञ्चालन हुन सकेका छैनन् । सरकारी निर्देशन अनुसार शैक्षिक संस्थाहरुले नयाँ शैक्षिक सत्र सुरु गरिसकेका छन् । नयाँ शैक्षिक सत्रमा विद्यालयहरुले अनलाईन माध्यमबाट अध्यापनलाई निरन्तरता दिएपनि अनलाईन शिक्षण खास्सै प्रभावकारी भएको देखिएको छैन ।

    “अनलाईनमा न राम्ररी प्रश्न सोध्न सकिन्छ, न राम्ररी बुझ्न सकिन्छ”, एक विद्यार्थी भने, “अनलाईनमा धेरै पाठहरु पढाई भएपनि मैले अधिकांश पाठहरु राम्ररी बुझ्न सकेको छैन।”

    बीरगन्जस्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीले अनलाईन शिक्षाबाट खास्सै लाभ लिन नसकेको गुनासो गरे । “जूमबाट हुने अध्ययनका क्रममा कहिले ईन्टरनेटको लाईन बिग्रिने तथा कहिले विद्युतको समस्या हुने । कहिले अनलाईन सफ्टवेयरमा जोडिनै समस्या हुने त कहिले जोडिएपछि अनलाईनमा शिक्षकले शैक्षिक सामाग्री देखाउनै नसक्ने । अब त विद्यालय खोलिदिनुस्” उक्त विद्यार्थीको भनाई छ ।

    यसैबिच विद्यालय खुल्नुपर्छ भन्ने विषयमा अभिभावक संघ पर्सा पनि सकारात्मक छ । “सबै सेवा क्षेत्र खुलिसके, स्वास्थ्य मापदण्डहरु अपनाएर शैक्षिक संस्थाहरु पनि सञ्चालनमा आउनुपर्छ”, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतमले भने । उनका अनुसार कोरोनाको कहर बिस्तारै साम्य हुँदै गएको अवस्थामा विद्यालय बन्द राखिनु हुँदैन । भौतिक रुपमै विद्यार्थी र शिक्षकको उपस्थितीमा कक्षा सञ्चालनको लागि पहल गर्न अभिभावक संघ तयार रहेको अध्यक्ष गौतमले बताए । लामो समयसम्म सिकाई क्रियाकलाप प्रभावित भएका कारण अब विद्यालय खोल्नुको विकल्प नभएको उनको तर्क छ ।

    निषेधाज्ञा खुकुलो भएर अधिकांश क्षेत्रहरु पूर्ण सञ्चालनमा आएपनि विद्यालय सञ्चालनका लागि स्थानिय प्रशासनबाट कुनै पहल हुन सकेको छैन । बीरगन्जमा विद्यालय सञ्चालनका लागि महानगरपालिका सकारात्मक भएपनि प्रशासनको रोकका कारण विद्यालय सञ्चालन हुन नसकेको प्याब्सन पर्साका नगर अध्यक्ष आलोक चौरसियाले जानकारी गराए । अध्यक्ष चौरसियाका अनुसार बीरगन्ज महानगरपालिका अन्तर्गतको शैक्षिक प्रशासन महाशाखाले असार देखि नै विद्यालय सञ्चालनको अनुमति दिएपनि जिल्ला प्रशासन कार्यालय पर्साले सञ्चालन गर्न दिएको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले माथिबाट आदेश नआएसम्म विद्यालय सञ्चालनको अनुमति दिन नसकिने अडान लिएका कारण विद्यालय सञ्चालनको वातावरण तयार नभएको अध्यक्ष चौरसियाले गुनासो गरे ।

    “हामी दुई पटक जिल्ला प्रशासन कार्यालय गईसक्यौँ, हरेक पटक त्यही जबाफ आउँछ, माथिबाट निर्देशन आएको छैन” उनले भने,“स्वास्थ्य सावधानी अपनाएर सबै क्षेत्र खुलिसके, विद्यालय पनि खुल्नुपर्छ”

    स्वास्थ्य मन्त्रालयले तेस्रो भेरियन्ट आउने सक्ने भन्दै सचेत गराएको तर्फ ईंगित गर्दै चौरसियाले कहिलेसम्म विद्यालय बन्द राख्ने भन्दै प्रश्न गरे । “बालबालिकाहरु अभिभावकसँग बजार गईरहेकै छन्, टोलछेउमा खेलिरहेकै छन्, विद्यालय आउनु बाहेकका सबै गतिविधीमा बालबालिकाहरु संलग्न छन् नै,” उनी भन्छन्, “अन्य गतिविधी गर्दा बालबालिकालाई संक्रमण नहुने र, विद्यालयमा स्वास्थ्य मापदण्डका साथ अध्यापन गराउँदा संक्रमण हुने ७तिस”

    उनले विद्यालय सञ्चालन नगर्ने हो भने प्रशासनले आफ७३ण्घढसहरुलाई विकल्प दिन७३ण्घढसपर्ने माग गर्छन् । अनलाईन माध्यमबाट भईरहेको शिक्षणको अभिभावकले श७३ण्घढसल्क दिन आनाकानी गरिरहेका कारण शिक्षकहरुको तलब दिन आफ७३ण्घढसहरुलाई गाह्रो भएको उनले ग७३ण्घढसनासो गरे । विद्यालय सञ्चालन देखि शिक्षकहरुको व्यवस्थापनसम्मको विकल्प दिन उनले माग गरेका छन् । विकल्प बीनाको बन्दको क७३ण्घढसनै त७३ण्घढसक नरहेको उनको भनाई छ ।
    बारामा विद्यालय सञ्चालन भईरहँदा पर्सामा विद्यालय सञ्चालनमा प्रशासन र स्थानिय तह बीच मतान्तर देखिएको छ ।यो समाचार नेपालपोस्टदैली बाट सभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑