वीरगन्ज । वाईफाईको पासवर्ड परिवर्तनका विषयमा श्रीमान् र श्रीमती भएको विवादमा प्रहरी निरिक्षक सालोले भिनाजुलाई निर्घात कुटपिट गरेका छन् । प्रहरी निरिक्षक ओम प्रकाश यादव, जयप्रकाश यादव र अजय यादव लगायतले भिनाजुलाई बीरगन्जको श्रीपुरस्थित घरमै पुगि निर्घात कुटपिट गरेका हुन् ।
पकहाँ मैनपुर गाउँपालिका वडा नं ४ घर भई बीरगन्जस्थित श्रीपुरमा बस्दै आएका वासुदेव यादवलाई उनका प्रहरी निरिक्षक सालोले कुटपिट गरेको जनाइएको छ । घरमा वाईफाई पासवर्ड किन परिवर्तन गरेको भन्दै श्रीमती सुगन्धि देवि यादवसँग विवाद भएको थियो । यहि विवादको निहुँमा भिनाजुलाई कुटपिट गरिएको खबर छ । प्रहरी निरिक्षक यादवले घर निर्माण गर्ने रड, बाँस, प्रेसर कुकरबाट भिनाजुलाई कुटपिट गरि घाईते बनाए । यता, श्रीमानको कुटाईबाट श्रीमती पनि गम्भीर घाईते भएकी छन् ।
सालोहरुको कुटपिटबाट गम्भीर घाईते भएका यादवको नारायणी अस्पतालमा उपचार भईरहेको छ भने यादवकी श्रीमती सुगन्धि देविको तराई अस्पतालमा उपचारमा भईरहेको प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी गराए ।