बारा । बाराको विश्रामपुर गाउँपालिका वडा नं १ कल्याणपुरबाट भारी परिमाणको लागुऔषधसहित एक जना भारतीय नागरिकलाई प्रहरी पक्राउ गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले भारत बिहारको भवानीपुर बस्ने सन्तोष कुमार रजकलाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार अजय पासवानको नेतृत्वमा खटिएको प्रहरीको टोलिले बिआर ०५ वाई २७५३ नम्बरको मोटरसाईकलमा सवार रजकलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको खबर छ ।
डाईजेप्याम ८ सय ९० पिस, नर्फिन ९ सय १ पिस, फेनरागन ९ सय २५ पिस गरि जम्मा २ हजार ७ सय १६ पिस लागुऔषधसहित रजकलाई प्रहरीले पक्राउ गरेको जानकारी गराएको छ । पक्राउ परेका रजकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने तयारी भईरहेको जनाइएको छ ।