• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रधानमन्त्रीको ‘कुर्सी छाडेर’ देउवाले दिन खोजेको सन्देश

  • वीरगंज संजाल
  • ९ श्रावण २०७८, शनिबार २१:३६
  • २१६५

    वीरगन्ज । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठक बस्यो । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

    देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा पहिलो पटक बसेको सत्तारुढ गठबन्धनको बैठकमा केही फरक दृश्य देखियो । दुई जना पूर्व प्रधानमन्त्री (प्रचण्ड र नेपाल) र दुई जना पूर्वउपप्रधानमन्त्री (यादव र केसी) सँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेको देखियो । प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बसेको देखिन्छ ।​ बायाँतिरको सोफामा प्रचण्ड, नेपाल र केसी बसेका छन् भने दायाँतिरको सोफामा प्रधानमन्त्री देउवा र यादव आसीन छन् ।

    गठबन्धनका शीर्ष नेताहरू सबै समान रहेको सन्देश दिन प्रधानमन्त्री देउवा सोफामा बसेको उनको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी (तत्कालीन नेकपा) का आफू समान नेताहरूको अस्तित्व स्वीकार गर्न नसक्दा उत्पन्न परिस्थितिबाट देउवाले पाठ सिकेको देखिन्छ ।

    ​ओलीले तत्कालीन नेकपामा प्रचण्ड र माधव नेपालले आफूहरूको अपमान हुने हर्कत देखाएको गुनासो गरेको सुनिन्थ्यो । नेकपामा ओली आफू बस्ने ठाउँबाट प्रचण्डको कुर्सी हटाइदिएको विषयले निकै चर्चा पाएको थियो ।

    तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै ओलीले आफ्नो अपमान गर्न सचिवालय सदस्य बस्ने कित्तातिर कुर्सी सारिदिएको बताएका थिए । माधव नेपालले एमाले हुँदै नेकपाबाट फेरि एमालेमा फर्किदा पनि ओलीले आफ्नो मान राख्न नसकेको गुनासो गरेको पाइन्छ ।

    यो कुरालाई नजिकबाट नियालेका देउवाले प्रधानमन्त्री बस्ने कुर्सी छोडेर सम्मान भाव सन्देश दिन खोजेको देखिन्छ । संसदमा एक तिहाइ पनि सांसदको उपस्थिति नभएको अवस्थामा प्रचण्ड, माधव, उपेन्द्र र चित्रबहादुरको सहयोगमा देउवा प्रधानमन्त्री बनेका थिए । उनीहरूको साथ र सहयोग बिना सरकार टिक्ने अवस्था नभएकाले पनि देउवाले समानको व्यवहार देखाएको बुझ्न गाह्रो छैन ।

    देउवाले दिन खोजेको सन्देशबारे काँग्रेसका एक जना पदाधिकारीले रातोपाटीसँग भने,’केपी ओलीजीले आफू सम्मानका प्रचण्डजी र माधवजीको मान राख्न नसक्दा दुई तिहाइको सरकार सकियो । यो कुरा प्रधानमन्त्रीज्यूले राम्रोसँग बुझ्नु भएको छ । काँग्रेसले राम्रोसँग बुझेको छ ।’

    कसैको अपमान गरेर आनन्द दिने स्वभाव प्रधानमन्त्री देउवाका नरहेको उनको भनाइ छ । ‘बेलाबेला झोक्किएपनि पार्टीभित्र र बाहिर कसैको अपमान गरेर आनन्द लिने उहाँको स्वभाव होइन । सबैको सम्मान राख्ने र समन्वयकारी स्वभावको मान्छे हो,’ उनले देउवाको स्वभाव सुनाए । गठबन्धनको शीर्ष नेतासँगै सोफामा बसेर प्रधानमन्त्री देउवाले महत्त्वपूर्ण सन्देश दिएको उनको भनाइ छ ।

    उनले भने,’गठबन्धनलाई सुदृढ र दिगो बनाउन प्रधानमन्त्रीज्यूले महत्त्वपूर्ण सन्देश दिनुभयो । यो सन्देश सरकार सञ्चालनमा पनि देखाउनु जरुरी छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑