वीरगञ्ज। सिमावर्ती शहर रक्सौल भन्सारको एन्टी स्मग्लिंग युनिटले ४ लाख ५ हजार मूल्य बराबरको वैल्डिंग रड बरामद गरेको छ ।
नेपाल भारतको सिमा क्षेत्रस्थित मैत्री पुल भएर नेपालबाट भारततर्फ अवैध रुपमा प्रवेश गर्ने क्रममा प्रदेश २ ०३००१ ख २३१८ नम्बरको ट्रकबाट २ सय २५ कार्टुन विदेशी वेल्डिंग रड बरामद गरेको रक्सौलस्थित प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा रक्सौलस्थित कस्टम अधिकारी आशुतोष कुमार सिँहको निर्देशनमा एन्टी स्मगलिंग युनिटका अधिक्षक श. पी. सी. झा र प्रहरी राहुल कुमार नेतृत्वको टोलीले रडसहित लगभग १० लाख मूल्य बराबरको ट्रक समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाएको छ ।