• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परीक्षाफल प्रकाशित नहुँदै कक्षा ११ को नयाँ भर्ना लिन सुरु

  • वीरगंज संजाल
  • ८ श्रावण २०७८, शुक्रबार १८:३०
  • ३१२९

    वीरगन्ज । केही सरकारी तथा निजी विद्यालयहरुले माध्यमिक तहको परीक्षाफल प्रकाशित नहुँदै कक्षा ११ को नयाँ भर्ना लिन सुरु गरेका छन् ।माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहको भएकाले यसबारेमा स्थानीय तहलाई सोध्नुपर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता दिपक कुमार शर्माका अनुसार यो कुरा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएका कारणले यसको नियमन र कारबाही सम्बन्धि कुरा स्थानीय तहहरुसँग नै बुझ्न उहाँले आग्रह गर्नुभयो ।काठमाडौं महानगरपालिकाले एसईईको नतिजा नआई विभिन्न बिद्यालयहरुले कक्षा ११ मा भर्ना लिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले विभिन्न विद्यालयहरुलाई यस विषयमा ध्यानाकर्षण गराइएको उहाँले बताउनुभएको छ ।

    कतिपय विद्यालयहरु कोरोनाको कारण बन्द हुने अवस्थामा पुगेका कारण पनि विद्यालयहरुले रकम असुल्ने अस्त्रका रुपमा प्रयोग गरीरहेको उहाँको भनाइ छ । संविधानले कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहको बताएपनि स्थानीय तहलाई त्यो पूर्ण उपभोग गर्न नदिएका कारण विद्यालयहरुलाई कारबाही गर्न पनि नसकिने उहाँ बताउनुहन्छ । तर आफूहरुले राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय गरेर नियम विपरीत भर्ना लिएका विद्यालयहरुलाई कारबाही गर्ने उहाँ बताउनुहुन्छ ।ललितपुर महानगरले पनि एसईईको नतिजा अगाडि कक्षा ११ को भर्ना लिने विद्यालयहरुलाई अनुगमन गरी रोक लगाएको जनाएको छ । ललितपुर महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले आफूहरुले महानगरका विभिन्न्न विद्यालयहरुमा अनुगमन गर्दा भर्ना लिइरहेको फेला परेकाले त्यस्ता विद्यालयहरुलाई सचेत गराएको बताउनुभयो ।

    यता शिक्षक महासंघका महासचिव लक्ष्मी केशर सुवेदीले पनि केही विद्यालयहरुले अनाधिकृत रुपमा कक्षा ११ मा भर्र्ना गर्नु गलत रहेको बताउनुभएको छ । यो कानुनसम्मत नभएका कारण तत्काल रोक्नुपर्ने उहाँको आग्रह छ ।निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सनका महासचिव कुमार घिमिरेले पनि यो प्रकृया गलत रहेकाले एसईईको नतिजा प्रकाशित नहुँदै विद्यार्थी भर्ना गर्न नमिल्ने भएका कारण सरकारले यस्ता विद्यालयलाई नियमन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । विद्यार्थीहरुलाई विद्यालयसँग जोडेर केही कुरा सिकाउनु राम्रै भए पनि एसईईको नतिजा अगावै कक्षा ११ मा भर्ना गरेर रकम असुल्ने काम गलत रहेको उहाँ बताउनुहुन्छ ।

    शिक्षाविद् प्राडा विनय कुमार कुसियैतले यो शिक्षाको कालो व्यापार भएको आरोप लगाउनुुभएको छ । एसईईको नतिजा नै नआई कक्षा ११ को भर्ना लिनु शिक्षाको व्यापार भएको उहाँको दावी छ । विद्यालयको यस्तो कदमप्रतिशिक्षा मन्त्रालयले कारबाही प्रकृया अगाडि बढाउनुको सट्टा मुकदर्शक बनेको उहाँको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑