वीरगन्ज । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा आन्तरिक उत्पादन वृद्धि गर्न र आन्तरिक लगानी वृद्धि गर्न सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।शुक्रवार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँगको छलफलमा उनले अर्थतन्त्रलाई उकास्न औद्योगिकरणको माध्यमबाट मात्र संभव भएको भन्दै यस्तो बताएका हुन् ।
उनले आन्तरिक उत्पादन वृद्धि गर्न र आन्तरिक लगानी वृद्धि गर्न सरकारको ध्यान केन्द्रित रहेको बताए । यसका लागि सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको उनले बताए । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरका पदाधिकारीहरु तथा सदस्यहरूले अर्थमन्त्री शर्मासँग भेटवार्ता गरेका थिए ।
मल्लले अर्थतन्त्रलाई पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताउँदै मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्र आर्थिक कृयाकलाप चलायमान हुने भएकोले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरू, उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदुरहरूलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गरेका थिए ।