• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओलीमाथि भ्रष्टाचार आरोपको चाङ लगाउने देउवाले अब गर्लान् छानबिन ?

  • वीरगंज संजाल
  • ८ श्रावण २०७८, शुक्रबार १८:०८
  • २४५३

    वीरगन्ज । तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सबैभन्दा धेरै भ्रष्टाचार भएको आरोप लगाए । यो आरोप सडकबाट नभएर २०७६ असोज २ गते बसेको प्रतिनिधि सभाको बैठकबाट देउवाले लगाएका हुन् ।

    प्रतिनिधिसभाको बैठकमा देउवाले भनेका थिए, ‘नेपालको इतिहासमै सबैभन्दा बढी भ्रष्टाचार डेढ वर्षमा भएको छ। वाइडबडी र न्यारो बढी, बालुवाटार जग्गा प्रकरण त्यसका उदाहरण हो। भ्रष्टाचार गर्ने कोही पनि कारबाहीमा परेका छैनन्।’

    त्यसयता पनि कांग्रेसले एकपछि अर्काे भ्रष्टाचार, अनियमितताको आरोप ओली सरकारमाथि लगाउँदै आएको थियो । भ्रष्टाचार र अनियमितता गर्नेमाथि कारबाही नगरेको कांग्रेसले आरोप लगायो । अब कारबाही गर्ने स्थानमा कांग्रेस पुगेको छ । ओलीमाथि लगाएको आरोपको देउवा सरकारले छानबिन गर्लान्, यो आमचासोको विषय बनेको छ ।

    कांग्रेसले लगाएको ओली सरकारमाथि भ्रष्टाचारको आरोपहरु

    १. ओम्नी प्रकरण

    कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि २०७६ चैत ११ गतेबाट सरकारले मुलुकभर लकडाउन लगायो । लकडाउनका बेला ओली सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनल (ओबीसीआई)लाई दियो ।

    ओम्नीलाई स्वास्थ्य साम्रगी खरिदको जिम्मा दिँदा स्वास्थ्य मन्त्री थिए, भानुभक्त ढकाल । स्वास्थ्य सामग्री आयातमा अनुभव नै नभएको ओम्नीलाई सरकारले हतारमा महँगो मूल्यमा सामान ल्याउन स्वीकृति दिएको र अनियमितता भएको भन्दै कांग्रेससहितका दलहरुले विरोध गरे ।

    २०७६ चैत १२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नीसँगको एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर, त्यसअघि २५ माघमा नै प्रक्रिया सुरु गरिएकोमा ४८ दिनसम्म कुनै निर्णय नगरी अन्तिममा अपारदर्शी रूपमा ओम्नीलाई ठेक्का प्रदान गरिएको भन्दै सरकारको व्यापक विरोध भयो । ओम्नीले ल्याएको स्वास्थ्य सामग्री गुणस्तरहिन पाइएपछि सर्वत्र विरोध भएसँगै सरकारले ओम्नीसँगको सम्झौता रद्द गरेको थियो ।

    २. यति र गोकर्ण रिसोर्ट प्रकरण

    नेपाल ट्रस्टको जग्गा र सम्पत्ति यति समूहले लिएको विषयमा पनि तत्कालीन ओली सरकारमाथि अनियमितताको आरोप लाग्यो । ओली सरकारले नेपाल ट्रस्टको गोकर्णस्थित जग्गा यति होल्डिङ्स प्रालिलाई थप २५ वर्ष भाडा दिने निर्णय गर्दा अनियमितता भएको आरोप लाग्यो । लिजको म्याद सकिनुभन्दा झण्डै ६ वर्षअगावै मन्त्रिपरिषदबाट निर्णय गरेर सरकारले यतीलाई थप २५ वर्ष लिजमा दिएको थियो ।

    गोकर्णेश्वर नगरपालिकामा पर्ने झण्डै २८ सय रोपनीमा फैलिएको उक्त रिसोर्ट र गल्फ कोर्सका लागि यतीले प्रतिरोपनी ५ सय ६४ रुपैयाँ मात्र मासिक भाडा सरकारलाई तिर्दै आएको बताइएको थियो ।

    नेपाल ट्रस्टको कार्यालयले कालीमाटीस्थित चार रोपनी जग्गासमेत प्रचलित कानुन मिचेर यति समूहलाई लिजमा दिएको आरोप लाग्यो । ट्रस्टले ३० वर्षमा करिब १९ करोड रुपैयाँ बुझाउने गरी सम्झौता गरेको थियो । तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रष्ट सञ्चालक समितिको सिफारिस सरकारले उक्त निर्णय गरेको थियो ।

    ३. तारागाउँ प्रकरण

    तारागाउँ विकास समितिले बौद्धमा सञ्चाल गरिरहेको अन्तर्राष्ट्रिय ब्रान्ड हायातका नाममा तारागाउँ रिजेन्सी होटल होटल्स लिमिटेडमा सरकारी ३० प्रतिशत सेयर रहेकोमा सेयर सञ्चालकहरूको मिलेमतोमा ९ प्रतिशतमा सीमित गरिएको आरोप पनि ओली सरकारमाथि लागेको थियो । एक सय रोपनीभन्दा बढीको सरकारी जग्गा कम्पनीका नाममा कानुनविपरीत बिक्री भएको छ ।

    अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तारागाउँ विकास समितिका नामको जग्गा विभिन्न बहानामा व्यापारी समूहले कब्जा जमाएको निष्कर्ष निकालेको थियो ।

    ४. बुढीगण्डकी प्रकरण

    बुढीगण्डकी आयोजनामा अर्बौँ भ्रष्टाचार भएको विषयले तत्कालीन ओली सरकारको पालामा व्यापक विरोध भयो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा ९ अर्ब रुपैयाँ भ्रष्टाचार भएको र यसको प्रमाण आफूसँग रहेको दावीसमेत गरे । यस विषयमा कांग्रेसले आवाज उठाएको थियो ।

    यी बाहेक वाइडबढी, बालुवाटार जग्गासहितका विभिन्न क्षेत्रमा भ्रष्टाचार भएको, कार्यकर्तालाई पैसा बाँडेको जस्ता ओली सरकारमाथि आरोप लगाएको कांग्रेस अहिले सरकारको नेतृत्वमा छ । यसर्थ तत्कालीन सरकारलाई भ्रष्टाचार र अनियमितताको आरोप लगाउन कांग्रेस सभापति देउवा अहिले प्रधानमन्त्री छन् ।

    अब उनले भ्रष्टाचार र अनियमितता भएको भनिएको विषयमाथि छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन सक्लान् ? वा हिजो सरकारको विरोध गर्नका लागि मात्रै आवाज उठाइएको हो कि ? जस्ता प्रश्न अहिले आमजनमानसमा उठिरहेको छ ।

    राजनीतिक दल र तिनका नेताहरुमा जवाफदेहिता नरहेकाले कांग्रेसले ओली सरकारमाथि लगाएको आरोपबारे अब देउवा सरकारले छानबिन हुनेमा राजनीतिक विश्लेषकहरु शंका व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑