• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कहाँ पुग्यो ‘फाइभ जी’ योजना ? के हुँदै छ तयारी ?

  • वीरगंज संजाल
  • ७ श्रावण २०७८, बिहीबार १९:०२
  • १७२५

    वीरगन्ज । नेपाल टेलिकमले नेपालमा ‘फोर जी’ सेवा २०७३ पुस १७ गतेदेखि सञ्चालनमा ल्याएको थियो। टेलिकमले काठमाडौं र पोखराका जिएसएम पोष्टपेड प्रयोगकर्ताका लागि ‘फोर जी’ सेवा सुरु गरेको ६ वर्ष भइसकेको छ।  ‘फोर जी’ सँगै छिटै ‘फाइभ जी’ सञ्चालनमा आउने सूचना प्रविधिको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले जानकारी दिएको थियो।

    नेपाल टेलिकमका अनुसार  अहिले  ‘फोर जी’ का ग्राहक संख्या २६ लाख ६८ हजार  छन्। ‘फोर जी’ कै पूर्वाधारमा फाइभ जी सञ्चालन गर्न सकिने नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ।

    अहिले ‘फोर जी’को प्रोजेक्ट सकिएको  र ‘फाइभ जी’को तयारी भइरहेको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए। ‘फोर जी’ कै पूर्वाधारमा फाइभ जी सञ्चालन गर्नका लागि सिस्टम अपग्रेड गर्ने तयारीमा रहेको जोशीले बताए।

    ‘फाइभ जी’को पहिलो चरणमा एक वर्ष परीक्षणकाल हुने प्रवक्ता उनको भनाइ छ। यसपछि देशैभरि कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पूर्ण योजना बन्ने टेलिकम जोशीले जानकारी दिए।

    निःशुल्क परीक्षण हुने ‘फाइभ जी’का लागि शुल्क नलाग्ने ग्राहक रेडियो स्वीकृति भइसकेको टेलिकमले जनाएको छ।

    नेपालमा ‘फाइभ जी’ सेवा छिट्टै सञ्चालनमा ल्याउनु आवश्यक रहेको सूचना तथा प्रविधिविज्ञ आनन्दराज खनालले बताए।   विश्वका विभिन्न मुलुकमा ‘फाइभ जी’ सञ्चालनमा आइसकेकाले नेपालले ढिला गर्न नहुने खनालको भनाइ छ।

    फाइभ जी सञ्चालनका लागि कार्यविधि तयार भएर फ्रिक्वेन्सी नीति निर्धारण समितिमा पठाइएको दूरसञ्चार प्राधिकरणका फ्रिक्वेन्सी शाखाका प्रमुख तथा निर्देशक प्रदीप पौड्यालले जानकारी दिए।

    सञ्चारमन्त्री संयोजक रहने यस  समितिले नेपाल टेलिकमलाई एक वर्ष परीक्षणका लागि स्विकृत दिइसकेको निर्देशक पौड्यालले बताए।

    विश्वका अधिकांश प्रविधि विज्ञ अहिले ‘फाइभ जी’को विकासबारे मात्र नभई सम्भाव्यताबारे पनि अध्ययन गरिरहेका छन्। ‘फाइभ जी’का लागि चाहिने भौतिक पूर्वाधारबारे पनि थुप्रै अध्ययन भइरहेको नेपाल टेलिकमका निर्देशक मीन प्रसाद अर्याल बताउँछन्।

    ‘फाइभ जी’मा  सबै जेनेरेसनका विशेषतासहित अन्य प्रविधि समाहित रहेका अर्यालले जानकारी दिए।

    पाँचौँ पुस्ताको मोबाइल प्रविधि अर्थात ‘फाइभ जी’को गति लगभग ५०० मेगाविट्स प्रतिसेकेन्ड बनाउने लक्ष्य राख्नुले नै यस परियोजना महत्वकाक्षी रहेको उनको भनाइ छ।

    ‘फाइभ जी’ सञ्चालनका लागि फोरम गठन 

    फाइभ–जी सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरम गठन गरेको थियो। प्राधिकरणले सञ्चालक समिति सदस्य सीमणि चौलागाईंको नेतृत्वमा फोरम गठन भएको थियो।

    समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधिविज्ञ आनन्दराज खनाल, उपसचिव अनुप नेपाल, प्राधिकरणका निर्देशक अम्बर स्थापित, उपनिर्देशक प्रदीप पौडेल सदस्य थिए। नेपाल टेलिकम र एनसेलका प्रतिनिधिसहितको फोरम बनेको थियो।

    फोरमले केही वर्षअघि नै प्रायः सबै ब्यान्डमा प्रविधि तटस्थता विधिबाट ‘फाइभ जी’ का लागि फ्रिक्वेन्सी उपयोग गर्न सकिने सुझाव पेस गरेको थियो। यसअघि प्रविधि तटस्थता विधिबाटै १८०० मेगाहर्ज ब्यान्डमा फोरजी सञ्चालनमा ल्याइएको थियो।

    ‘फाइभ जी’ का लागि फ्रिक्वेन्सी 

    फोरमले विभिन्न ब्यान्डमा फाइभ–जी फ्रिक्वेन्सी सञ्चालन गर्न सकिने सिफारिस गरेको हो। समितिले न्यून ब्यान्डअन्तर्गतका ७००, ९००, १८००, २३००, २६०० मेगाहर्ज सिफारिस गरेको थियो। यस्तै मध्यम ब्यान्डका ३३००, ३४००, ३६००, ४७०० मेगाहर्ज र उच्च ब्यान्डको २६ मेगाहर्ज ब्यान्डलाई फाइभ–जी प्रविधिका लागि उपयोग गर्नसक्ने गरी प्राधिकरणलाई सुझाव दिएको थियो।

    समितिले यसअघि नै सिफारिस गरेका ब्यान्डअन्तर्गत सेवा प्रदायकलाई उपलब्ध गराउन सकिने न्यूनतमदेखि अधिकतम फ्रिक्वेन्सी पनि टुंगो लगाएको छ। जसअन्तर्गत न्यून फ्रिक्वेन्सी ब्यान्डहरूमा १० देखि २० मेगाहर्ज, मध्यम ब्यान्डअन्तर्गत १०० मेगाहर्जसम्म र उच्च ब्यान्डमा १०० मेगाहर्जसम्म फ्रिक्वेन्सी दिन सकिने समितिको सिफारिस छ।
    प्राधिकरणले आवश्यक संशोधन गरेर नेपालको उच्च निकायका रूपमा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिसमक्ष सुझावका रूपमा सिफारिस पेस गर्नेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑