• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कमला नदी किनारमा उभिएर मातृका यादवले भने– ओलीकै लापरवाहीका कारण यो अवस्था आयो

  • वीरगंज संजाल
  • ७ श्रावण २०७८, बिहीबार १४:५९
  • १९१३

    वीरगन्ज । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको लापरवाहीका कारण कमला नदीको तटबन्ध भत्किने अवस्थामा पुगेको आरोप लगाएका छन् ।

    कमला नदीले कटान गर्न थालेपछि स्थलगत निरीक्षणका लागि आएका यादवले बाँध निर्माण कार्यको अगुवाई गर्दै विगतमा सरकारले ध्यान नदिएका कारण यो अवस्था आएको आरोप लगाए ।

    उनले स्थानीयवासी समक्ष कुरा गर्दै ओली सरकारमा आफू मन्त्री रहेका बखत कमला नदीको तटबन्ध गर्न आफूले पटक पटक ओलीलाई आग्रह गरे पनि बेवास्ता गरिएको आरोप लगाए ।

    ‘तत्कालीन प्रधानमन्त्री ओलीसमक्ष कमला नदी कटानबाट हुने जोखिम नियन्त्रणका लागि बजेट छुट्याउन माग गरेको थिएँ,’ उनले भने, ‘तर ओलीले बेवास्ता गर्दा अहिले कमला क्षेत्रमा जुनसुकै समय बाँध फुट्ने अवस्था आएको छ ।’

    यादवले अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई कमला नदीको कटान र बढ्दो जोखिमबारे जानकारी गराएर बजेटको व्यवस्था गर्न आग्रह गरिसकेका छन् ।

    धनुषा–सिरहाको सीमाना पर्ने कमला नदीको बाढीले धनुषातर्फको बाँध कटान गर्न थालेपछि धनुषाका पूर्वी क्षेत्रका गाउँहरू जोखिममा परेका छन् । कटान बढ्दै गएपछि पूर्वमन्त्री यादव स्वयम् स्थलगत निरीक्षणमा पुगेका हुन् । उनको अग्रसरतामा हाल बाँध निर्माण कार्य भइरहेको छ ।

    पूर्वमन्त्री यादवले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईलाई प्रभावित क्षेत्रको निरीक्षण गरी कटान नियन्त्रणका लागि काम गर्न निर्देशन दिएका थिए ।

    सोही अनुसार कमला नदीमा तटबन्ध निर्माणको काम थालिएको छ । बाँध निर्माण कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी समेत सहभागी भएका छन् ।

    गत सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ स्थित किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान भएपछि समस्या उत्पन्न भएको हो । बाढीका कारण नदीको ६ सय मिटर बाँधसमेत जोखिममा परेको छ । बाढीका कारण हुनसक्ने सम्भावित जोखिमबाट स्थानीयहरुलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

    केही दिन यता नदी नियन्त्रणको प्रयासस्वरुप बाँध बाँध्ने कार्य भईरहेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले जनाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑