चीन | चीनको हेनान प्रान्तमा मुसलधारे वर्षा भएपछि भीषण बाढी आएको छ। सो बाढीले यात्रुवाहक रेल नै डुबाएको छ।
सो क्रममा रेल भित्रका १२ जनाको डुबेर मृत्यु भएको बीबीसीले जनाएको छ। रेल र त्यसको टनेलबाट ५ सय मानिसलाई उद्धार गरिएको पनि समाचारमा जनाइएको छ।
हालसम्म हेनान प्रान्तमा २ लाख मानिसलाई सुरक्षितस्थलमा सारिसकिएको छ। बाढीले रेल, अनगिन्ती कार, सयौं घरहरु डुबानमा परेको सार्वजनिक भएको तस्बिर र भिडिओमा देख्न सकिन्छ।
बाढीले विशेषगरी राजधानी जङजाउमा बढी क्षति गरेको बताइएको छ। त्यहाँ ३ दिनको अन्तरालमा वर्षभरीको पानी परेको जनाइएको छ।
(भिडिओ)
चिनियाँ राष्ट्रपति सी चिनफिङले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई उद्धार गर्न निर्देशन दिएका छन्।
एउटा भिडिओमा बाढी विद्यालय भित्र पसेको देखिएको छ। त्यहाँ साना बालबालिकालाई सतर्कताका साथ उद्धार गरेको देख्न सकिन्छ।
(भिडिओ)
150 kids and teachers of a kindergarten in Zhengzhou rescued pic.twitter.com/lKDxvvtmrI
— CGTN (@CGTNOfficial) July 21, 2021