भारत । भारतका विभिन्न क्षेत्रमा बुधबार बिहान शक्तिशाली भूकम्पको झट्का महसूस गरिएको छ।
राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको एजेन्सीहरूले जनाएका छन्। यी मध्ये राजस्थानमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानका बीकानेरमा आज बिहान ५ बजेर ३९ मिनेटमा भूकम्पको झट्का महसूस गरिएको जनाएको हाे।
यता लेह–लद्दाखमा पनि बिहान करिव सवा ५ बजे भूकम्पको झट्का महसूस गरिएको छ, जसको मापन ३ दशमलव ६ रहेको जनाइएको छ।उता मेघालयमा पनि भूकम्पको झट्का महसूस गरिएको छ।