वीरगन्ज । फेसबुकका मालिक मार्क जुकरबर्गले कुनै समय याहूले फेसबुक खरिदका लागि एक अर्ब डलरको प्रस्ताव गर्दा आफू आत्तिएको बताएका छन् ।याहूबाट एक्कासी एक अर्ब डलरको प्रस्ताव आउँदा उक्त पैसा के गर्ने भन्ने विषयमा त्यति बेला आफू अन्याैलमा परेको दिग्गज सामाजिक सञ्जाल कम्पनी फेसबुकको नाममा मंगलबार सार्वजनिक भएको पुस्तकमा उल्लेख गरिएको छ ।
उक्त समयमा फेसबुकका बोर्ड सदस्यले समेत जुकरबर्गलाई याहूको उक्त अफर स्वीकार गरी अघि बढ्न सुझाव दिएका थिए ।‘याहूले दिएको पैसा लिएर उनले आफूले चाहेको जस्तोसुकै काम पनि गर्न सक्ने भन्दै बोर्ड सदस्यको सुझाव आएको थियो,’ पत्रकार शीरा फ्रेन्केल र सेसिलिया काङले लेखेको पुस्तक ‘एन अग्ली ट्रुथः इन्साइड फेसबुक ब्याटल फर डोमिनेसन’ मा उल्लेख गरिएको छ ।
याहूले प्रस्ताव गरेको एक महिना पश्चात जुकरबर्गले बोर्ड सदस्य र भेन्चर क्यापिटललाई उक्त पैसा के गर्ने भन्ने कुराले आफू अन्योलमा परेको विषय उक्त पुस्तकमा उल्लेख गरिएको छ ।त्यतिमात्रै नभएर यदि उनले याहूको उक्त अफर स्वीकार गरेको खण्डमा आफूले फेसबुकजस्तै नयाँ सामाजिक सञ्जाल नै ल्याउने भित्री योजना समेत बनाएको उल्लेख गरिएको छ ।