वीरगन्ज । वर्ल्ड वाइड वेबका आविष्कारक टिम बर्नर्स लीले आधुनिक इन्टरनेट बनाउन प्रयोग गरेको मुख्य सोर्स कोड बिक्रीमा राख्ने भएका छन् ।अघिल्लो सातमात्रै आफ्नो ६६औ जन्म दिन मनाएका उनले आफूले आविष्कार गरेको वर्ल्ड वाइड वेबको सोर्स कोर्ड एनएफटी (नन-फन्जिबल टोकनका रुपमा बिक्री गर्ने भएका हुन् ।ली सन् १९५५ जुन ८ मा इंङ्ल्याण्ड जन्मिएका हुन् । सूचनालाई एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा सजिलै पठाउन सकिने जिम्मेवारी बर्नर्स लीको टिमले पाएको थियो ।
उनी यस्तो उपायको खोजीमा जुटे, जसबाट सूचना एकै स्थानमा रहेको भान होस् । यसैको समाधान सोच्दासोच्दै उनले वेब प्रविधिको आविष्कार गरे र ६ अगस्ट १९९१ मा विश्वकै पहिलो वेब पेज तयार भएकाे थियो ।उनले आविष्कार गरेको उक्त वेब प्रविधि नै आज २१औं शताब्दीको सबैभन्दा लोकप्रिय सम्पर्क साधन बनेको छ । यसैको सोर्स कोड उनले अब एनएफटीका रुपमा बिक्री गर्ने भएका हुन् ।एनएफटी डिजिटल चित्र, गीत र भिडियोहरुको स्वामित्व आदि बनाउने प्रविधि नै नन फन्जिबल टोकन हो ।
यो इथेरियम ब्लकचेन (डिजिटल रेकर्ड) मा आधारित छ, जुन बिटक्वाइनमा प्रयोग गरिएको प्रविधि पनि हो । यसलाई ह्याक गर्न असम्भव जस्तै भएका हुनाले यो सुरक्षाको दृष्टिकोणले पनि एकदम ठीक मानिन्छ । तर, पछिल्लो समय यसलाई पैसा बनाउने माध्यमको रुपमा प्रयोग गरिरहेको भनी आलोचनासमेत हुने थालेको छ ।यस्तोमा बर्नर्स लीले आफ्नो सोर्स कोड नै बिक्री गर्ने भनेसँगै धेरै जना अचम्मित भएका छन् । उनीहरुले लीले सोर्स कोडमा आफ्नै प्याटेन्ट दर्ता गर्नुपर्ने बताएका छन् ।तर लीले भने आफ्नो सोर्स कोड बिक्री गर्ने निर्णय गरिसकेका छन् । यसरी अक्सनबाट आएको पैसा उनकी श्रीमती र उनले आवश्यक रुपमा विभिन्न संस्थाहरुलाई सहयोग गर्ने जनाइएको छ ।