वीरगन्ज । प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमि आएको छ।स्वास्थ्य निर्देशनालय प्रदेश २ का अनुसार हाल यस प्रदेशमा ४ सय ९५ जना मात्र कोरोनाको सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितहरु मध्ये २७ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् भने ४ सय ६८ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाले जानकारी दिए।
प्रदेशको ८ मध्ये ६ वटा जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या ५० भन्दा कम रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।सर्लाहीमा अहिले सबैभन्दा कम ११ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्। त्यस्तै रौतहटमा १९, पर्सामा २५, सिरहामा ३६, सप्तरीमा ४५, बारामा ४९, धनुषामा ८२ र महोत्तरीमा २ सय २८ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्।
प्रदेशमा हालसम्म ३७ हजार ५ सय ३६ जनामा कोरोना संक्रमण भएको छ। संक्रमितहरु मध्ये २७ हजार ९ सय ६९ जना पुरुष रहेका छन् भने ९ हजार ५ सय ६७ जना महिला रहेका छन्।त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ३६ हजार ४२ पुगेको छ भने कोरोनाबाट ९ सय ९९ जनाको मृत्यु भएको हो।