• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा मुख्यमन्त्री र मन्त्रीको तलबभत्तामा गयो २५ करोड रुपैयाँ

  • वीरगंज संजाल
  • ६ श्रावण २०७८, बुधबार ०४:१०
  • २९२९

    वीरगन्ज । प्रदेश २ मा आर्थिक वर्ष २०७७/७८ मा मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक, विभिन्न भत्ता तथा इन्धनमा २५ करोडभन्दा बढी रकम खर्च भएको छ।गत आर्थिक वर्षमा प्रदेश प्रमुख, सभामुख, उपसभामुख, मुख्यमन्त्री, ६ वटा मन्त्रायलका मन्त्री तथा राज्यमन्त्री, मुख्यन्यायाधिवक्ता, प्रदेश लोकसेवाका पदाधिकारीहरुले १२ महिनाको अवधिमा मात्र पारिश्रमिक, बैठक भत्ता, अन्य सुविधा, अन्य भत्ता र इन्धनमा २५ करोड ३१ लाख ९२ हजार ३ सय रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरीले जानकारी दिए ।

    प्रदेश लेखा कार्यालयको तथ्यांकअनुसार उनीहरुको पारिश्रमिकमा १८ करोड १६ लाख ७७ हजार ८ सय ८७ रुपैयाँ खर्च भएको छ। पारिश्रमिकको लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा २१ करोड २६ लाख २ हजार रुपैयाँ विनियोजन गरेको थियो।

    त्यस्तै मुख्यमन्त्री र मन्त्रीहरुका लागि बैठक भत्ताको शीर्षकमा १ करोड ८९ लाख १८ हजार २ सय ५३ रुपैयाँ खर्च भएको छ। बैठक भत्ताको लागि गत वर्ष २ करोड ९४ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको थियो।

    त्यस्तै उनीहरुको अन्य सुविधाको लागि ६ करोड ७७ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएकोमा ४ करोड ५ लाख १ हजार ४ सय ७ रुपैयाँ खर्च भएको छ। अन्य भत्ता शीर्षकमा २१ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएकोमा ७ लाख ५७ हजार ७ सय ७५ रुपैयाँ खर्च भएको छ।

    प्रदेशका मन्त्री र मुख्यमन्त्रीले प्रयोग गरेको सवारीमा १ करोड १३ लाख ३६ हजार ९ सय ७८ रुपैयाँको इन्धन प्रयोग गरिएको प्रदेश लेखा कार्यालयले जनाएको छ। इन्धन शीर्षकमा गत आवमा २ करोड १२ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको थियो।

    प्रदेश सरकारले गत आवमा सिँचाई संरचना निर्माणको लागि २ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ५६ करोड ७१ लाख ९३ हजार १ सय २१ रुपैयाँ खर्च गरेको छ।

    त्यस्तै सडक तथा पूल निर्माणमा २ अर्ब ४३ करोड ६२ लाख ९२ हजार १ सय ७९, गैरआवासीय भवन निर्माण/खरिदमा २ अर्ब ६८ करोड ३१ लाख ९५ हजार ५१, मेशिनरी तथा औजार शीर्षकमा १ अर्ब १६ करोड १७ लाख ८७ हजार ६ सय ८७ तथा अन्य सार्वजनिक निर्माण शीर्षकमा ३ अर्ब ६७ करोड २ लाख ४३ हजार ७ सय ९८ रुपैयाँ खर्च गरेको प्रदेश लेखा कार्यालयले जनाएको छ।

    प्रदेश सरकारले सरसफाई संरचना निर्माणको लागि ४९ करोड ९२ लाख ८० हजार ४ सय १७ रुपैयाँ खर्च गरेको छ भने वन तथा वातावरण संरक्षण शीर्षकमा ३४ करोड ९२ लाख ४८ हजार ५ सय ५५ रुपैयाँ खर्च गरेको छ।

    खानेपानी संरचना निर्माण शीर्षकमा ८७ करोड ६९ लाख ४५ हजार १ सय ३९, तटबन्ध तथा बाँध निर्माण शीर्षकमा २९ करोड १८ लाख ४६ हजार ३ सय १५, फर्निचर तथा फिक्चर्स शीर्षकमा ४ करोड करोड ५४ लाख ५३ हजार १ सय ८१, औषधि खरिद खर्च शीर्षकमा ४७ करोड ८६ लाख ५१ हजार ८०, पानी तथा बिजुली शीर्षकमा ४ करोड ६९ लाख १० हजार १ सय ८०, सञ्चार महसुल शीर्षकमा २ करोड २ लाख ४६ हजार ६ सय ४४, सवारी साधन मर्मत खर्च शीर्षकमा ४ करोड ९५ लाख ९६ हजार ८ सय ५४ रुपैयाँ खर्च गरेको छ।

    त्यस्तै प्रदेश सरकारले कार्यालय प्रयोजनको लागि प्रयोग हुने गाडीको इन्धनमा ५ करोड ४२ लाख ६४ हजार ३ सय २२, इन्धन अन्य प्रयोजन शीर्षकमा पुनः ७१ लाख ६० हजार ५२ रुपैयाँ खर्च गरेको छ भने पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च शीर्षकमा ३ करोड ५० लाख ८७ हजार ८ सय १५ रुपैयाँ खर्च गरको प्रदेश लेखा कार्यालयले जनाएको छ।

    कर्मचारीहरुको पारिश्रमिकमा गत आर्थिक वर्षमा १ अर्ब २९ करोड २९ लाख ३६ हजार ६ सय ३८ रुपैयाँ खर्च गरेको छ।

    त्यस्तै पोशाकमा २ करोड ३७ लाख २८ हजार ४०, खाद्यान्नमा ५ करोड ९३ लाख ३३ हजार ६२, महंगी भत्ता शीर्षकमा ५ करोड १८ लाख ८३ हजार २४, कर्मचारीको बैठक भत्तामा २ करोड ४६ लाख ६२ हजार ८ सय ८६, कर्मचारी प्रोत्साहन तथा पुरस्कार शिर्षकमा १ करोड ३८ लाख ४६ हजार ९ सय ९९ तथा अन्य भत्ता शीर्षकमा ७ करोड ८ लाख ११ हजार १ सय ४६ रुपैयाँ खर्च गरेको प्रदेश लेखा कार्यालयको तथ्यांक छ।

    त्यस्तै अनुगमन मूल्यांकन खर्च शीर्षकमा ४ करोड १२ लाख ६७ हजार ३ सय १३, भ्रमण खर्चमा ३ करोड २१ लाख ७५ हजार ५ सय ७२ र विविध कार्यक्रम खर्च शीर्षकमा प्रदेश सरकारले २९ करोड ८५ लाख ६८ हजार ९ सय ४० रुपैयाँ खर्च गरेको हो।

    प्रदेश सरकारले गत आर्थिक वर्षको लागि ३४ अर्ब ७० करोड ४३ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेकोमा त्यसको ६६ प्रतिशत अर्थात २२ अर्ब ७५ करोड ३६ लाख ६३ हजार १ सय १८ रुपैयाँ खर्च भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑