• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारी निकायले एकअर्काको मुख ताक्दा लाइसेन्स परीक्षा अन्योलमा

  • वीरगंज संजाल
  • ६ श्रावण २०७८, बुधबार ०६:३७
  • ३९२५

    वीरगन्ज । सरकारका निकायबीच समन्वय नहुँदा सवारीसाधन अनुमतिपत्रको परीक्षा सञ्चालन अन्योलमा परेको छ। यातायात व्यवस्था विभाग, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र प्रदेश सरकारबीच समन्वय नहुँदा परीक्षा सञ्चालन नै हुन नसकेको हो। यसले आवेदन दिएका ४ लाख सेवाग्राही परीक्षा दिनबाट वञ्चित भएका छन्। एक निकायले अर्कोको मुख ताक्दा परीक्षा सञ्चालन अन्योलमा परेको हो। संघीयता कार्यान्वयसँगै परीक्षा सञ्चालन गर्ने प्रदेश सरकारको जिम्मेवारी भए पनि आवेदन भने संघमातहतकै यातायात व्यवस्था विभागले लिँदै आएको छ।

    संघले अनलाइनमार्फत लिएको आवेदनका आधारमा प्रदेश यातायात कार्यालयले लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्दै आएका छन्। यातायात व्यवस्था विभागले नयाँ लाइसेन्स लिनको लागि आवेदन नै बन्द गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्णयपछि मात्रै परीक्षा सञ्चालन हुने बताए।

    उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत सीसीएमसीमा सवारीसाधन अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न अनुमति माग गरे पनि निर्णय नभएको बताए।‘गत वर्ष सीसीएमसीले सवारीसाधन अनुमतिपत्रको परीक्षा विद्यालय तथा कलेजको क्याटेगोरीमा राखेको रहेछ’, महानिर्देशक घिमिरेले भने, ‘अहिलेसम्म विद्यालय तथा कलेज नखुल्दा लाइसेन्सको परीक्षा समेत हुनसकेको छैन।’गत वर्ष विद्यालय तथा कलेज खुलेसँगै लाइसेन्सको परीक्षा सञ्चालन भएको थियो। यो वर्ष भने त्रिभुवन विश्वविद्यालयले साउन ५ (आज)बाट स्नातक तहको परीक्षा सञ्चालन सुरु गरेको छ।

    तर सवारीसाधनको लागि आवश्यक पर्ने सवारीसाधन अनुमतिपत्रको परीक्षा कहिले खुल्ने भन्ने निश्चित छैन। महानिर्देशक घिमिरेले विद्यालय नखुले पनि सवारीसाधन अनुमतिपत्रको लागि परीक्षा सञ्चालनको लागि छलफल गरिरहेको दाबी गरे। उनले सीसीएमसीको निर्णयसँगै प्रदेशहरुको समन्वय आवश्यक रहेको बताए।‘हामीले मात्रै खोल्छौँ भनेर हुँदैन। परीक्षा सञ्चालन गर्ने प्रदेश सरकारले हो’, उनले भने, ‘विभागलाई कुनै समस्या छैन। प्रदेशहरु परीक्षा सञ्चालन गर्न तयार भए भर्खरै सुरु हुन्छ।’विभागले सवारी परीक्षा सञ्चालनको पहल गरिरहेको दाबी गरे पनि सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले यातायात व्यवस्था विभागले परीक्षा सञ्चालनसम्बन्धी औपचारिक प्रस्ताव नै नगरेको दाबी गरे।

    उनले कुनै क्षेत्रमा समस्या भए औपचारिक प्रस्ताव ल्याए त्यसमा छलफल भई निर्णय हुने बताए। ‘यातायात व्यवस्था विभाग वा यातायात मन्त्रालयबाट सीसीएमसीमा कुनै औपचारिक प्रस्ताव आएको छैन’, केन्द्रका सहसचिव समेत रहेका खतिवडाले भने, ‘कहाँ–कहाँ के समस्या छ, सबै सीसीएमसीलाई थाहा हुँदैन। सम्बन्धित निकायबाटै प्रस्ताव आउनुपर्छ। त्यसपछि बल्ल छलफल भई निर्णय हुन्छ।’

    समन्वय गर्दै छौँः वाग्मती प्रदेश
    यता वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन कुमार सिंहले काठमाडौंमा ट्रायल परीक्षा सञ्चालन गर्न समन्वय भइरहेको बताए।उनले हेटौंडा कार्यालयमा परीक्षा सञ्चालन भए पनि काठमाडौंमा परीक्षा सञ्चालन गर्न नसकिएको बताए। उनले काठमाडौं उपत्यकाका ट्रायल परीक्षा सञ्चालनको लागि सोमबार सबै कार्यालयसँग छलफल गरेकाले छिट्टै खुल्ने दाबी गरे।

    यातायात कार्यालय हेटौंडाले पुरानै मापदण्डअनुसार परीक्षा सञ्चालन गरिरहेको बताएको छ। ‘हामीले हेटौंडामा पुरानै मापदण्डअनुसार परीक्षा सञ्चालन गरिरहेका छौँ’, सिंहले भने, ‘नयाँ मापदण्डअनुसार परीक्षा सञ्चालनको लागि केही प्राविधिक समस्या छ। विभागसँगको समन्वयपछि नयाँ व्यवस्थाअनुसार हुन्छ।’विभागले जारी गरेको नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक परीक्षामा ७० र लिखित परीक्षामा ८० नम्बर ल्याए पास हुने व्यवस्था गरिएको छ। विभागले ट्रायल सेन्टरमा सेन्सर प्रविधि जडान गरी पास वा फेल हुने व्यवस्थाको परीक्षण समेत गरेको छ। विभागले ट्रायलमा म्यानुअलभन्दा अटोमेटिक सेन्सरसिप गर्दै जाने बताएको छ।

    ट्रायल पास भएका ६ लाख स्मार्ट लाइसेन्सविहीन
    सवारीसाधन अनुमतिपत्रलाई सहज व्यवस्थापन गर्न नसक्दा लाखौँ सेवाग्राहीले दुःख पाएका छन्। सरकारले ट्रायल परीक्षा पास गरेकालाई लाइसेन्स दिन त सकेको छैन नै, नयाँ लाइसेन्सको लागि आवेदन दिएका सेवाग्राहीको परीक्षा पनि गराउन सकेको छैन। सरकारले अनलाइन आवेदन दिएका ४ लाखको परीक्षा सञ्चालन गर्नसकेको छैन भने पास भइसकेका ६ लाखलाई स्मार्ट लाइसेन्स उपलब्ध गराउनसकेको छैन।यातायात व्यवस्था विभागले ट्रायल पास गरेका र नवीकरण गरेका ६ लाखलाई स्मार्ट लाइसेन्स उपलब्ध गराउन नसकेको हो। यातायात व्यवस्था विभागले १ वर्षअघि नै नयाँ स्मार्टकार्डको लागि टेन्डर आह्वान गरे पनि हालसम्म नयाँ स्मार्टकार्ड ल्याउनसकेको छैन। ‘नयाँ कम्पनीबाट स्मार्टकार्ड ल्याउनुपर्ने भएकाले पुरानो सिस्टममा परीक्षण भइरहेको छ’, महानिर्देशक घिमिरेले भने, ‘५ सय कार्ड ल्याएर परीक्षण गर्दै छौँ। परीक्षण सफलपछि धमाधम लाइसेन्स प्रिन्ट हुन्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑