एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका पत्रकारलाइ आजतकका कामबाट हटाएकाे छ । श्याम मीरा सिंह आजतक समाचार च्यानलको अनलाइन एडिसनमा डिसेम्बर २०२० देखि काम गर्दै आएका थिए ।
इन्डिया टुडे ग्रुपद्वारा सञ्चालित आजतकमा पत्रकार सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्दै पोस्ट गरेको ट्वीटका कारण कामबाट निकालिएको बताएका छन् । उनले आजतक कम्पनीले ग्रुपको सोसल मिडिया नीतिको उल्लंघन गरेको भनी आफूलाई कामबाट निकालेको जनाएका छन् ।
द वायरले उनलाई यसबारे सोधखोज गर्दा आफूले नागरिकको रूपमा अफगानिस्तानमा मारिएका फोटो पत्रकार दानिसको निधनमा प्रधानमन्त्री मोदीले ट्वीटरमा श्रद्धाञ्जली व्यक्त नगरेकोमा लाज नभएको व्यक्तिको रूपमा आलोचना गरेको उनले जनाएका छन् ।
पत्रकारितमा राम्रो काम गरेका फोटो पत्रकारको बारेमा शोक व्यक्त नगरेकाले आफूले माेदीकाे आलोचना गरेको उनले जनाएका छन् । आफूलाई कुनै कारबाही पक्रिया पूरा नगरी एउटा इमेल गरी आजतकले हटाएको पत्रकार सिंहले जनाएका छन् ।