• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    केन्द्रीकृत अनलाइन केवाईसी लागु हुँदै, अब अर्काको नाममा आईपीओ भर्न नपाइने

  • वीरगंज संजाल
  • ५ श्रावण २०७८, मंगलवार ०९:०२
  • २७०९

    वीरगन्ज । शेयर लगानीकर्ताहरूको सहजताका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन माध्यमबाट केवाईसी अर्थात आफ्नो व्यक्तिगत विवरण दर्ता गराउने प्रणाली सुरु गर्ने भएको छ । शेयर लगानीकर्ताहरूले केवाईसी दर्ता गर्न विभिन्न बैंक तथा संस्थासम्म धाउनु नपर्ने गरी सीडीएससीले यस्तो सिस्टम  विकास गर्न थालेको हो ।

    त्यसो त नेपाल धितोपत्र बोर्डले गत मंसिरमा दिएको स्वीकृति पश्चात सीडीएससीले यसको तयारी थालेको थियो । सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने सेन्ट्रलाइज्ड अथवा ई–केवाईसीको कार्यन्वयनले सेवाग्राहीलाई सहजता दिनुका साथै शेयर बजारमा गैरकानुनी रुपमा एक जनाले धेरैको नाममा साधारण शेयर (आईपीओ) को आवेदन दिने प्रवृत्तिमा रोक लगाउन सकिने बताए ।

    ‘यो प्रणाली कार्यान्वयनमा आएपश्चात लगानीकर्तालाई केवाईसी भर्न कै लागि बैंकहरूमा धाउनु पर्ने छैन । साथै यसले लगानीकर्ताको विवरण केन्द्रीकरण गर्न पनि सहयोग गर्छ,’ उनले भने, ‘लगानीकर्ताको विवरण सहजै संकलन गर्न हामीलई पनि सहज हुन्छ ।’

    उनका अनुसार केवाईसीबाट लगानीकर्ताको विवरण संकलन गर्दा शेयर कसले भरेको हो र कहाँबाट भरेको हो भन्ने जानकारी प्राप्त हुने भएकाले एकै जनाले धेरै जनाको नाममा आईपीओ भर्ने प्रवृत्ति नियन्त्रण हुनेछ । त्यस्तै केवाईसीको आधारमा लगानीकर्ताको आम्दानीको स्रोत पनि पत्ता लाग्ने हुदाँ गैरकानूनी रुपमा कमाएको पैसा शेयर बजारमा लगानी हुनबाट पनि रोक लाग्ने सीडीएससीको विश्वास रहेको छ ।

    यो प्रविधिले लगानीकर्ताको बैंकमा खाता, कारोबार, कारोबारको स्रोत, ब्रोकर कम्पनी लगायतका विवरणहरू प्राप्त गर्न पनि सहज हुनेछ ।सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले यो सफ्टवेयर लागु हुन अझैँ पाँच देखि छ महिना लाग्नसक्ने बताए ।

    अन्य काम कारबाहीको कारण यसको लागि समय दिन नसक्ने स्थिति भन्दै उनले काम समयमै सुरु हुन नसकेको जवाफ दिए । ‘सिस्टम तयार त भइरहेको थियो । अहिले फेरी बीचमा पूँजीकृत लाभकर सम्बन्धी विभिन्न कामहरूले गर्दा त्यताको काम अलिकति प्रभावित भएको छ,’ उनले भने, ‘अहिले सफ्टवेयर डेभलप गर्नका लागि प्राप्त आवेदनहरूको मूल्याङ्कन गर्ने काम भइरहेको छ ।’

    अहिलेसम्म सोचेअनुरूप सिस्टमको काम अगाडि बढ्न नसकेको भन्दै उनले सीईओ आचार्यले अर्को हप्तादेखि काम द्रुत गतिमा काम सुरू हुने बताए । ‘सफ्टवेयर विकास गर्न करिब तीन महिना जति लाग्ने अनुमान छ,’ उनले भने, ‘तयार भइसकेपछि सफ्टवेयर पूर्ण रुपमा लागु हुन थप तीन महिना लाग्छ ।’

    यो प्रणाली लागु भइसकेपछि लगानीकर्ताले बारम्बार आफ्नो केवाईसी भर्नु नपर्ने समेत उनले बताए । ‘लगानीकर्ताले एक पटक केवाईसी भरिसकेपछि एउटा आईडी नम्बर उपलब्ध गराइनेछ,’ उनले भने, ‘पछि आफ्नो ब्रोकर परिवर्तन गर्नुपर्‍यो अथवा अन्य कामको लागि केवाईसी चाहिएको खण्डमा सोही केवाईसी आफ्नो आईडी नम्बर प्रयोग गरेर डाउनलोड गर्न सकिन्छ ।’

    हाल सफ्टवेयर डेभलप गर्न ११ वटा कम्पनीले आवेदन दिएका थिए । जसमध्ये तीनवटा कम्पनी प्रोफेसनल कम्प्युटर सिस्टम, वाईसीओ प्रालि र रेडियन्ट इन्फोटेक नेपाल शर्टलिस्टमा परेका छन् । यी कम्पनीहरूको प्रस्ताव मूल्यांकन भइरहेको सीडीएससीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑