एजेन्सी| पश्चिमा सहयोगी गठबन्धनले साइबर हमलाका घटनामा चीन दोषी रहेको भन्दै निन्दा गरेका छन् । यसै वर्षको सुरुवातमा भएका साइबर हमलामा चीन दोषी रहेको भन्दै उनीहरुले निन्दा गरेका हुन् ।
आर्थिक लाभका लागि चीनले साइबर ह्याकरहरुलाई पृष्ठपोषण गरेको उनीहरुले आरोप लगाएका छन् । नेटो र इयूले पनि चिनिया ह्याकरहरुका गतिविधिको भर्त्सना गर्दै विज्ञप्ति जारी गरेका छन् ।
अमेरिका, बेलायत लगायतका पश्चिमा गठबन्धनले चीनले यस्ता गतिविधि नरोके कडा मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् ।