वीरगंज | प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन्। प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएसँगै मोदीले ट्विटरमार्फट बधाई दिएका हुन्।
उनले दुई देशबीच सबै क्षेत्रमा रहेको नौलो साझेदारीलाई थप बढाउन तथा जनता-जनताबीच रहेको गहिरो सम्बन्धलाई मजबुद बनाउन सँगै काग गर्ने अपेक्ष समेत व्यक्त गरे।
ट्विटमा उनले भनेको छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र सफल कार्यकालको शुभकामना। म दुई देशबीच सबै क्षेत्रमा रहेको नौलो साझेदारीलाई थप बढाउन तथा जनता-जनताबीच रहेको गहिरो सम्बन्धलाई मजबुद बनाउन एकसाथ काम गर्न लालायित छु।’
Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties.
— Narendra Modi (@narendramodi) July 18, 2021