वीरगंज | बिहारको एउटा गाउँमा १६ जनाको मृत्यु भएको छ। पश्चिम चम्पारण जिल्ला प्रशासनले जारी गरेको विज्ञप्ति अनुसार मृतक मध्ये चारजनाको आफन्तले मृत्यु हुनुअघि उनीहरूले रक्सी पिएको पुष्टि गरेका छन्।
जिल्ला प्रशासनका अनुसार दश जनाको परिवार मृत्युको कारणबारे स्पष्ट जानकारी दिएका छैनन्।यी सबै मृतक बेतियाको लौरिया प्रहरी स्टेशनको देउरवा गाउँका हुन्। बिहीबार आठ र शुक्रबार थप आठजनाकाे मृत्यु भएकाे थियाे।
यस सम्बन्धमा विषाक्त मदिरा पिएपछि बिरामी परेका पीडितको भनाइको आधारमा एफआईआर दर्ता भएको छ। यस्तै ५ जनालाई पक्राउ गरिएको छ।