• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जसपामा नयाँ समूह निर्माण, महन्थ ठाकुरसँग विद्रोह !

  • वीरगंज संजाल
  • Jul 17, 2021, 1:32 pm
  • ५७०१

    वीरगन्ज । केपी ओली नेतृत्वको सरकार ढलेसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा) महन्थ ठाकुर पक्षमा त्यसको ‘साइडइफेक्ट’ देखिन थालेको छ । ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि सो पार्टीमा दुई पक्षीय विवाद उग्र बनेको थियो भने सरकार परिवर्तन लगत्तै भने ठाकुर पक्षका केही सांसदले पनि उनको साथ छाडेर नयाँ समूह निर्माण गरेका छन् ।

    ठाकुर समूहबाट विद्रोह गरेर छुट्टै समूह बनाएकाहरुले जसपाको दुबै पक्ष (ठाकुर र उपेन्द्र यादव) ले बोलाएको बैठकमा अनुपस्थित हुने नीति बनाएका छन् ।

    यसरी छुट्टै समूह बनाउनेमा महन्थ ठाकुर पक्षका प्रतिनिधिसभा सदस्यहरु प्रमोद साह,अमृता अग्रहरी,रानी मण्डल,नरमाया,रुही नाज,रामदुलारी खतवनीलगायत रहेका छन् ।

    पार्टी र मधेश आन्दोलन र मुद्दाप्रति समर्पितलाई पार्टीमा किनारा लगाई ठाकुर र राजेन्द्र महतोहरूले आफू निकटलाई अगाडि बढाउन खोजेको उनीहरुको गुनासो छ । ओली नेतृत्वको सरकारमा सहभागी हुँदादेखि नै असन्तुष्ट उनीहरु पछिल्लो समय खुलेरै नयाँ समूह निर्माणमा होमिएका हुन् ।

    ती समूहको नेतृत्व जसपाका नेता एवं सर्लाहीबाट प्रतिनिधिसभा चुनाव जितेका प्रमोद साहले गरिरहेका छन् । उनीसँग छुट्टै समूह निर्माण लगायतका विषयमा  गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

    जसपा महन्थ ठाकुर पक्षमा रहनु भएका तपाईंहरुले पछिल्लो समय बैठक बहिष्कार गर्दै आउनु भएको छ, किन ?

    –विगतमा महन्थ ठाकुर पक्षले बोलाएको विभिन्न बैठकहरुमा उपस्थित भएकै हो । तर पछिल्लो समय जहाँ म छैन,त्यहाँ जानुको कुनै अर्थ रहँदैन;त्यही भएर म बैठकमा नगएको हो । तर म एक्लै मात्रै होइन,पार्टीका अन्य साथीहरु पनि असन्तुष्ट हुनुहुन्छ । पार्टी भनेको कुनै व्यक्तिको मात्र हुँदैन । पार्टी समूहको हुन्छ,सबैको हुन्छ । तर हामीले त्यहाँ के देख्यौँ भने जसरी सहकारीमा सेयर धनी हुन्छ नि त्यसरी नै दुई चारजनाले पार्टीलाई कब्जा गरेका छन् । र,आम्दानीलाई जसरी सेयरधनीहरूले बाँडफाँड गरेका हुन्छन् त्यसरी नै बाँडफाँड गरेर पार्टी सञ्चालन गरिरहेका छन् ।

    म मधेशको एउटा विकट क्षेत्रबाट चुनाव जितेको मान्छे हुुँ । प्रधानमन्त्री भएका व्यक्ति त्यहाँबाट हारेका छन् । गत चुनावमा एमाले र माओवादी मिलेर लडेको ठाउँमा मैले हराएर जितेको मान्छे हुँ म । तर एउटा साधारण कार्यकर्ताको हैसियतमा पनि राख्न चाहनु हुन्न उहाँहरु । जसले ती सेयरधनी (महन्थ ठाकुर,राजेन्द्र महतोहरू) हरुको आशीर्वाद प्राप्त गरेका हुन्छन् ती व्यक्तिहरु मात्र पार्टीका विभिन्न पदहरुमा जाने गरेका हुन्छन् । यदि सेयरधनीहरूको आशीर्वाद छ भने जिल्लामा हल्लिएर बसेकाहरुलाई पनि केन्द्रको माथिल्लो निकायमा लगिन्छ । तर पार्टीमा वर्षौदेखि संघर्ष गरेका,आफ्नो घरपरिवार,जीवन जोखिममा राखेकाहरुलाई हेला गरेर,विभेद गरेर पूर्वाग्रही ढंगबाट किनारा लगाउनु हुन्छ । आशीर्वादकै भरमा पटक पटक मन्त्री बनाइदिने,पटक पटक हारेकालाई सांसद बनाइदिने मन्त्री बनाई,पार्टीका उच्च पदमा लगिदिने जस्ता काम उहाँहरुले गर्नुभएको छ । तर जसले पार्टीका लागि संघर्ष गरेको छ,मधेशका लागि योगदान दिएका छन्,पटक पटक चुनाव जितेका छन् त्यस्ता नेता तथा व्यक्तिहरुलाई मतलब नराखेपछि आफ्नो बाटो आफै खोज्ने अवस्था बनेको हो ।

    त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा जुन मान्छे (केपी शर्मा अ‍ोली) ले समुदाय विशेषलाई लक्षित गर्नुभयो । भूगोललाई लक्षित गरेर हामीलाई अपमानित गर्ने काम पटक पटक गर्नुभयो,त्यस्तो व्यक्तिसँग साँठगाँठ गरेर संविधान र लोकतन्त्रलाई धज्जी उठाउने काम महन्थ ठाकुरले गर्नुभयो त्यस्तो व्यक्तिको साथमा काम कसरी गर्न सकिन्छ ?जुन संविधानका लागि,जुन लोकतन्त्रका लागि मधेशी जनताले रगत बगाए,त्यही संविधानलाई कुल्चिँदै लोकतन्त्रलाई नै समाप्त पर्ने खेलमा लाग्नु भएका व्यक्तिलाई साथ दिनु भनेको आफैले आफैलाई धोका दिनु हो । एकचोटी मात्र होइन,दुई दुई पटक संसद विघटन गर्ने व्यक्तिलाई साथ दिने व्यक्ति लोकतन्त्र र संघीयता विरोधी पनि हुन् । त्यस्तालाई ओलीको मतियार भन्दा फरक पर्दैन ।

    त्यस्ता मतियारहरुसँग सहकार्य हुन सक्दैन भन्ने साथीहरुको बुझाइ रहेको छ । मैले पार्टीमा पटक ओलीले मधेशको माग पुरा गरेपछि मात्रै सरकारमा जानुस् भनेर अनुरोध गरेको थिएँ ।  उहाँहरुले मान्नुभएन । उहाँहरुलाई सत्ताको नसा लागेको थियो । माग पुरा नगराइकन सरकारमा जानु भयो,आखिर मैले जे भन्दै आइरहेका थिएँ,त्यही भयो । ओलीले कुनै माग गरेनन् भने जसपालाई यो अवस्थामा पुर्याइदिए ।  यदि महन्थ ठाकुरहरु जवरजस्ती ओलीलाई साथ नदिएको भए आज पार्टी विभाजन हुने थिएन ।  तर महन्थ ठाकुरहरुको कारण मधेशको माग पनि पुरा भएन र पार्टी पनि रहेन । उहाँहरुले जनविरोधी,जनता विरोधी काम गर्नुभयो । त्यही भएर हामीले उहाँहरुको बैठक बहिष्कार गर्न थालेका छौं ।

    भनेपछि तपाईंहरुले चाहेजस्तो अवसर महन्थ ठाकुरले पनि नदिएपछि यसरी विद्रोह गर्नुभएको हो ?

    –होइन,त्यो मुख्य होइन । त्यो ठूलो कुरा होइन,त्यो सेकेण्डरी होला । तर मुख्य कुरा मुद्दा हो । यसपाली उधारो होइन,नगद लिएर मात्र सरकारमा जान्छौं भन्नेहरु उधारो सहमति गरेर सरकारमा जानुभयो । मधेशका सबै मुद्दालाई तिलाञ्जली दिनुभयो । आआफ्नो हठका कारण पार्टीलाई विभाजन गराउनुभयो । पार्टीमा सेयर बाँडफाँड गरे जस्तै पदहरु बाँडफाँड गर्नुभयो ।

    संगठन कहाँ छ,कार्यकर्ता नेता कहाँ छन् त्योसँग कुनै मतलब राख्नुभएन । मधेशमा संगठन समाप्त हुँदैछ भने कुरामा कुनै चासो छैन तर बबरमहलमा पद,बाँडफाँड गरिन्छ । सिंहदरबार पस्न लालायित भइन्छ ।  अब उहाँहरुले रेशम चौधरीलाई के जवाफ दिनुहुन्छ ?मेरो नाममा सत्ताको हिसाब किताब नगर्नुस् भनि कुरा रेशम चौधरीले बाहिर ल्याएपछि राजेन्द्र महतो जेलमा गएर रेशम चौधरीलाई थामथुम पार्नुभएको थियो । तपाईं चुप लगाएर बस्नुस् जसरी हुन्छ जेलबाट निकाल्छु भन्नुभएको थियो तर आज रेशम चौधरीको चर्चा पनि हुँदैन । त्यसको जवाफ राजेन्द्र महतोले दिनुपर्छ कि पर्दैन ?ओलीको साथमा गएर उहाँहरुले के पाउनु भयो ?बरु गुमाउनु भयो । यस्तो राम्रो पार्टी दुई टुक्रा पार्नुभयो । यी कुराहरुमा हाम्रो असहमति रहेका छन् । एउटा कुरा यो पनि स्वभाविक हो कि हामी जहाँ काम गर्छौ त्यहाँ आफ्नो अधिकार खोज्ने हो,त्यहाँ आफ्नो पहिचान खोज्ने हो तर त्यहाँ त्यही कुरा पाइएन भने हामी जाने कहाँ त्यस कुरामा पनि हाम्रो सन्तुष्टि रहेको छ ।

    तपाईँहरुका यी असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयास महन्थ ठाकुरहरुबाट भइरहेको छ कि छैन ?

    –उहाँहरुले जुन व्यवहार देखाउँदै आउनु भएको छ त्यस हिसाबले उहाँहरु माफी लायक पनि हुनुहुन्न । मधेशी जनताले जसरी उहाँहरुले धोका दिनुभयो । लोकतन्त्र र संघीयतालाई मास्ने जुन हर्कतहरु गर्नुभयो त्यो हिसाबले त उहाँहरूसँग बस्न पनि गाह्रो छ ।

    यसरी पार्टीकै बैठकमा अनुपस्थित भएपछि तपाईंहरुलाई कारवाही हुनसक्छ नि ?

    –हामी कारवाही भोग्न तयार छौं । जहाँ लोकतन्त्रको रक्षाको कुरा आउँछ । देशको स्वाभिमानको कुरा आउँछ,राष्ट्रियता र सुशासनको कुरा आउँछ त्यहाँ पद ठूलो कुरा होइन । हिम्मत छ भने उहाँहरुले कारवाही गरे हुन्छ,हामी सातजना एकढिक्का छौं । सबै बैठकहरू बहिष्कार गर्दै आइरहेका छौं । हिम्मत छ भने कारवाही गरेर देखाउन् ।

    असन्तुष्टिका विषय पार्टीको बैठकमा गएर राख्नुपर्नेमा बाहिर बाहिर बोलेर समस्या समाधान होला त ?

    –हामीले उठाउँदै आएको सबै कुरा उहाँहरुलाई थाहा छ । विगतका बैठकहरूमा हामीले यी कुराहरु उठाउँदै आएका हौं । हाम्रो कुराको सुनुवाइ नभएपछि मात्र हामीले बैठक बहिष्कार गरेका हौं । संसदीय दलको बैठकमा हामीले उठाउँदै आएको कुरा,दलको सचेतक पनि बनाउने र समितिको सभापति पनि एउटै मान्छेलाई बनाउने कहाँको न्यायोचित कुरा हो ?सचेतक र समितिका सभापति फरक फरक व्यक्तिलाई बनाउँदा कमसे कम दुईजना सांसद इगेंज हुन्थे । तर फेरि मन्त्री त्यही व्यक्तिलाई बनाइयो । अर्थात कसैलाई पदैपद कसैलाई कुनै मतलब नगरेपछि अवस्था यस्तै हुन्छ । मैले बैठकमा पटक पटक यी कुराहरु उठाएको हो । तर कहिल्यै कुनै कुरा सुनुवाइ भएन । हामीले पटक पटक यो कुरा उठाउन थालेपछि उहाँहरुले बैठक बोलाउन छाड्नु भयो । अनि पछि बोलाउन थालेको बैठकलाई नै हामीले बहिष्कार गर्न थालेका छौं । उहाँहरुको आवश्यकता पर्यो भने बैठक बोलाउने,हामीलाई आवश्यकता पर्यो भने कुनै मतलब नराख्ने जस्तो व्यवहारले पार्टी चल्दैन भनेका छौं ।

    अहिले पार्टीमा दुई चिरा छ, अब कसरी अघि बढ्नुहुन्छ ?

    –हामीले पार्टीको आधिकारिकता कुरेका छौं । अब दुई चार दिनमा पार्टीको आधिकारिकताको निर्णय होला नै । त्यसपछि हामी के गर्ने भनेर सल्लाह गर्छौँ । अहिले हामीलाई हतार छैन । हामी अहिले कुनै पक्षमा लागेका छैनौं । तर लोकतन्त्र विरोधी समूहसँग हाम्रो कुनै सम्झौता हुँदैन ।

    भनेपछि अब ठाकुर समूहसँग सहकार्य सम्भव छैन भन्न खोज्नु भएको हो ?

    –छैन,उहाँहरुको जुनखालको व्यवहार छ,जुन खालको संस्कार छ । उहाँहरुले जसरी पार्टी सञ्चालन गर्नुहुन्छ त्यो हिसाबले उहाँहरुको साथमा बस्न गाह्रो छ । महन्थ ठाकुरहरुले हाम्रो सांसद पद खानु भएको हो । संसद विघटनमा हस्ताक्षर गर्नुभएको छ,त्यस्तो व्यक्तिसँग कसरी बस्न सकिन्छ ?उहाँहरूमाथि नैतिक प्रश्न खडा भएको छ । जुन संसदलाई उहाँहरुले विघटन गर्नुभएको थियो आज त्यसैमा किन बस्नुभयो ?अलिकति नैतिकता छ भने राजीनामा दिएर हिँड्नु पथ्र्यो । त्यस्ता व्यक्तिहरुसँग बस्न सकिदैन ।

    त्यस्तो भए उपेन्द्र यादवको साथमा जानु हुन्छ ?

    –अहिले नै त्यसबारेमा निर्णय गरेका छैनौं । तर पार्टीको आधिकारिकता आएपछि यसको बारेमा हामी छलफल गर्छौ ।

    यदि निर्वाचन आयोगमा सांसदको बहुमत सिद्ध गर्ने अवस्था आउँछ भने तपाईंहरुको साथ कसलाई हुन्छ ?

    –जो लोकतन्त्रको रक्षाका लागि लडिरहेको छ,मधेशको माग पुरा गराउन प्रतिवद्ध छ,जसले मधेशको माग पुरा गराउन प्रतिवद्धता जनाउँछ उसैलाई हाम्रो साथ हुन्छ ।

    भन्नाले उपेन्द्र यादवको साथमा जानु हुन्छ ?

    –उहाँसँग कुराकानी भइरहेको छ । उहाँमा पनि कमिकमजोरीहरु छन् त्यसलाई सुधार गर्न भनेका छौं । तर नम्बरिङ गर्दा महन्थ ठाकुरले भन्दा बढी नम्बर उपेन्द्र यादवले पाउनु हुन्छ । गल्ती त दुवै पक्षबाट भएको हो । तर कसले कति गल्ती गरेको छ,कुन प्रकृतिका गल्ती गरेको छ,त्यसमा भर पर्छ ।

    भनेपछि तपाईँहरुले पार्टीमा तेस्रो धार बनाउनु भएकै हो ?

    –हो,हामी तेस्रो शक्ति हौं । एकातिर १२ जना सांसद छन्,अर्कोतिर पनि १२ जना सांसद छन् बाँकी सात–आठजना हामी छौं । हामी एकजुट छौं । हाम्रो नियमित बैठकहरू हुन्छ,छलफल हुन्छ । जो जो बैठकमा अनुपस्थित भइरहनु हुन्छ ती सबै हामीतिर छन् भनेर बुझ्दा हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑