• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काठमाडौंबाट बुटवल हिँडेकी युवतीलाई वीरगञ्ज पुर्‍याइयो, ट्रकचालक र सहचालकले तीन दिनसम्म गरे बलात्कार

  • वीरगंज संजाल
  • १ श्रावण २०७८, शुक्रबार ०६:१५
  • ८३९३

    वीरगञ्ज | रुकुम घर भइ काठमाडौंमा बस्दै आएकी १९ वर्षीया निशा (नाम परिवर्तन) गत असार २७ गते, आइतबार बुटवल जाने भनेर काठमाडौंको कलंकी चोकमा बस कुरेर बसेकी थिइन्। साथमा २ वर्षीय छोरोसमेत बोकेकी उनलाई एउटा ट्रकका चालकले लिफ्ट दिने ‘अफर’ गरे।चालक सुनील महतोले ‘लकडाउन छ, बुटवल जाने बसहरु चल्दैनन्, नारायणगढसम्म म पुर्याइदिन्छु, भाडा पनि तिर्नु पर्दैन’ भनेपछि निशा कलंकीबाट आइतबार दिउँसो करिब १ बजेतिर ना ५ ख २८७० नम्बरको ट्रक चढिन्।

    नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ-ठाउँमा पहिरो गएका कारण आइतबार ट्रक जाममा पर्‍यो। जाममा परेको मौका छोपेर ट्रक चालक महतोले निशालाई ट्रकको क्याबिनभित्रै जबर्जस्ती करणी गरे। निशाले आफूमाथि बलात्कार भएको भनेर गुहार पनि मागिन्। तर, सुनसान रातमा, सडकमा रोकिएको ट्रक भित्रबाट उनको पुकार कसैले सुनेनन्। तेस्रो दिन मंगलबार मात्रै जाम खुलेपछि ट्रक चालक सुनिलले उनलाई नारायणगढमा छाड्ने नभइ बुटवलसम्मै पुर्‍याइदिने बताए। सुनिलले असार २९ गते मंगलबारसम्म निशालाई आफूसँगै राखे।

    मंगलबार दिउँसो १ बजेतिर चितवनको रामनगरसम्म ल्याएर बुटवल जाने गाडी भन्दै निशालाई उनले अर्को ट्रकमा चढाए। रामनगरबाट निशा ना ६ ख ३३६९ नम्बरको ट्रकमा चढिन्। ट्रक चालक शिवबालक महतोले गाडी बुटवलतर्फ लगेनन्। बुटवल जाने भनेकी निशालाई सुनिलका साथी शिवबालकले आफूले चलाएको ट्रकमा राखेर पर्साको वीरगन्जतर्फ लगे। वीरगन्ज नपुग्दै रातको समयमा बारास्थित जंगल क्षेत्रमा आइपुगेपछि सडक छेउमा ट्रक रोकेर शिवबालकले पनि पटक–पटक निशामाथि बलात्कार गरे।

    असार ३० गते बिहान फेरि परवानीपुर सडकखण्डमा पनि शिवबालकले पटक–पटक निशामाथि बलात्कार गरे। निशालाई उनीहरुले कहाँ जान लागेको भनेर जानकारीसम्म दिएका थिएनन्। असार ३० गते बिहान ८ बजे परवानीपुर पुगेपछि शिवबालकले आफ्ना सहचालक इन्दल चौहानलाई गाडी चलाइ सुख्खा बन्दरगाहसम्म पुर्‍याउन भने। परवानीपुरबाट सुख्खा बन्दरगाहसम्म गाडी चलाउन पाएका सहचालक इन्दलले पनि ट्रक रोकेर निशामाथि बलात्कार गरे। ट्रकमा पहिलेदेखि नै सवार जिल्ला पर्सा कटिबलुवा घर बताउने भोला भन्ने अन्दाजी ४० वर्षीय पुरुषले पनि निशामाथि बलात्कार गरे।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार निशा असार ३० गते (बुधबार) साँझ वीरगन्ज सुख्खा बन्दरगाह क्षेत्रमा अलपत्र अवस्थामा फेला परेकी थिइन्। प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले उनको उद्दार गरेर सोधीखोजी गर्ने क्रममा निशाले आफूमाथि पटक–पटक बलात्कार भएको घटना सुनाएकी हुन्। निशाको बयानपछि प्रहरीले तत्कालै २ वटा ट्रकका चालकलाई पक्राउ गरेको थियो।

    प्रहरीले अहिलेसम्म ना ५ ख २८७० नम्बरको ट्रकका चालक पर्साको वीरगन्ज महानगरपालिका–२१ बस्ने सुनील महतो र ना ६ ख ३३६९ नम्बरको ट्रकका चालक पर्साको पोखरिया नगरपालिका–६ घर भएका २५ वर्षीया शिवबालक महतोलाई पक्राउ गरेको छ। पीडित युवती निशालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर जाहेरी दर्ता गराई दुवै जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान थालिएको डीएसपी खनालले जानकारी दिए। दुवै जनाविरुद्ध अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ।

    निशामाथि बलात्कारमा संलग्न रहेका ना ६ ख ३३६९ नम्बरको ट्रकका सहचालक पर्साको पोखरिया नगरपालिका–६ नै घर भएका २७ वर्षीय इन्दल चौहान र सोही ट्रकमा सवार पर्साको कटिबलुवा घर भएको बताउने अन्दाजी ४० वर्षका भोला भनिने व्यक्ति भने फरार छन्। प्रहरीले तदारुकताका साथ उनीहरुको खोजी भइरहेको बताएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑