वीरगञ्ज | वीरगञ्जबाट ६ जुवाडे पक्राउ परेका छन्। प्रहरीले वीरगञ्ज महानगरपालिका-१५ नेशनल मेडिकल कलेज छेउकाे निर्माणधीन भवनको माथिल्लो तल्लामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे हाे।
यस्तै, भारत बिहारका रामबाबुप्रसाद सोनार पनि पक्राउ परेका छन्।उनीहरुकाे साथबाट प्रहरीले १ लाख ५८ हजार र १० बुक ताससमेत बरामद गरेकाे छ।उनीहरुमाथि सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता विरुद्धको कसुर ( जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएकाे छ।