वीरगञ्ज | राष्ट्रिय युवा संघ नेपाल पर्साले नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको पुतला दहन गरेको छ ।नेकपा एमाले निकट युवा संघ नेपाल पर्साले माधव कुमार नेपालको तस्विरसहित प्रदर्शन गरेको छ । त्यसक्रममा युवा संघका कार्यकर्ताहरुले नेपालको तस्वीरमा जुत्ताको माला समेत लगाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो |अघिल्लो दिन १० बुँदे सहमतीको नाटक रचेर पार्टीसँग गद्दारी गरेको भन्दै संघका पर्सा अध्यक्ष मोहमद निजामुद्धिनको नेतृत्वमा नेपालको पुतला दहन गरिएको हो ।
वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर लगायतका क्षेत्रमा नाराबाजि गर्दै नगर परिक्रमा गरेर प्रदर्र्शनकारीले नेपालको पुत्ला जलाएका हुन् ।विरोध प्रदर्शनमा सहभागीहरुले केपि ओलि जिन्दावाद, माधव नेपाल लाल गद्दार, माकुने मुर्दावाद लगायतका नारा लगाएका थिए । आफ्नै पार्टीको घाँटि थिचि पार्टी मार्ने काममा नेपाल लागेकाले माधव कुमार नेपालको विरुद्धमा उत्रिएको संयोजक निजामुद्धिनले बताए ।विरोध प्रदर्शनमा यूवा संघ नेपालका केन्द्रिय सदस्य रवि गुप्ता, यूवा नेताहरु अकलेश साह, कृष्णा कुशवाहा, महम्मद मेराज, भोला प्रसाद यादव, लगायतको सहभागिता रहेको बताएका छन् ।
यूवा संघका नेताहरुले आफ्नै सरकार ढालेर विपक्षीलाई सरकारको नेतृत्व गर्न दिएकोले अब देशव्यापी रुपमा यूवाहरुले आन्दोलनका कार्यक्रम ल्याउने र ओली सरकार ढाल्न सहयोग पु¥याउनेहरुलाई वहिष्कार गर्ने कार्यक्रम गर्ने बताएका छन् ।