वीरगञ्ज | वीरगञ्ज महानगरपालिकालाई बिहीवार एक कार्यक्रमका बिच पूर्ण खोप महानगर घोषणा गरिएको छ । प्रदेश नम्बर २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले एक समारोहका बिच पुर्ण खोप महानगर घोषणा गरेका हुन् ।वीरगञ्जको नगरसभा गृृहमा आयोेजित पुुर्ण खोप महानगरपालिका घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले स्थानीय सरकारको आभाष वीरगञ्जवासीले गर्न पाएको दावी गरे । संघीयतापश्चात वीरगञ्जमा उल्लेख्य विकास भएको हुँदा ति सबै विकासको श्रेय नगरप्रमुखलाई जाने मन्त्री शर्माको भनाई छ । आगामी दिनमा प्रदेश सरकारसँग पनि समन्वय गर्दै अघि बढ्नुपर्ने र आफ्नो मन्त्रालयबाट पनि वीरगञ्जको लागि कुनै कसुर बाँकी नराख्ने दृढता मन्त्री शर्माले व्यक्त गरे ।
पूर्ण खोप घोषणाका लागि वीरगन्ज महानगरपालिकाको कार्यालयले केही समय पहिले महानगरका ३२ वटै वडामा १६ देखि २३ महिना सम्म उमेर समुहका बालबालिकाहरुको बारेमा २९ हजार १ सय ९३ घरधुरीमा सर्भेक्षण गरेको थियो ।सर्भेक्षणका क्रममा १६ देखि २३ महिना सम्म उमेर समूहका बालबालिका २ हजार ६ सय ६१ जना भेटिएका र ती मध्ये जन्मिएदेखि १५ महिना भित्रमा सबै १२ प्रकारका खोप लगाउने बालबालिकाको संख्या २ हजार ६६ जना मात्र देखिएको महानगरका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतोले बताउनुभयो । उहाँले ५ सय ८७ जना बालबालिकाले भने आवश्यक १२ प्रकारका मध्ये आंशिक मात्र खोप लगाएको भेटिएको थियो ८ जना बालबालिकाले भने कुनै पनि प्रकारको खोप नलगाएको फेला परेको बताए ।
सर्भेक्षणबाट प्राप्त प्रतिवेदन अनुसार महानगरका ३२ वटै वडामा स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुलाई खटाएर खोप लगाउन छुटेका ५ सय ९५ जना बालबालिकालाइ आवश्यक १२ प्रकारको खोप लगाइएको महानगरपालिकाका खोप अधिकृत रितेश जयसवालले बताउनुभया । ३२ वटै वडाहरुलाई क्रमश पूर्ण खोप वडा घोषणा गरेपछि महानगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको हो ।नगर स्तरीय खोप समन्वय समितिका अध्यक्ष एवं महानगर प्रमुख सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा महानगर उपप्रमुख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, वीरगन्ज महानगरपालिकाका प्रेस सल्लाहाकार गोविन्द देवकोटा, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।