वीरगन्ज । पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७६८ जनाको परीक्षण गरिएको थियो । जसमध्ये पिसिआर विधिबाट एक हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा संक्रमण पुष्टि भएको हो ।
यसै गरी पछिल्लो २४ घन्टामा थप ३३ जना संक्रमितले ज्यान गुमाएका छन् । यही अवधिमा थप १ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा ७ लाख ९ हजार ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ हजार ४६३ जनाको संक्रमणका कारणले मृत्यु भएको छ ।