वीरगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ समारोह सकिएपछि प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा सबैभन्दा पहिले नेता नेपालले हात मिलाएर बधाई दिए ।
त्यसपछि क्रमश नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा सांसदहरुले बधाई दिएका थिए ।शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।