एजेन्सी । अफगानिस्तानको बिभिन्न जिल्लामा भएको सैनिक कारबाहीमा ४० जना तालीवानी विद्रोही मारिएका छन् ।अफगानिस्तानको हेलमन्द प्रान्तमा अफगान वायुसेनाले गरेको हवाई हमलामा १४ जना तालीवानी मारिएका हुन् ।त्यसैगरी डेलारम जिल्लामा गरिएको हवाई हमलामा २० र टगब जिल्लामा ६ जना बिद्रोही मारिएका हुन् ।
अफगानिस्तानको रक्षा मन्त्रालयलका अनुसार हेलमन्द प्रान्तको दक्षिणी क्षेत्रमा रहेको गार्मसर जिल्ला र डेलाराम जिल्लामा पकड जमाइ बसेका तालीवानीविरुद्ध अफगान सेनाले कारबाही गरेको हो ।कारवाहीमा तालिवानका डेपुटी कमान्डर पनि मारिएको अफगानिस्तानी सेनाले पुष्टी गरेको छ । घटनामा ३५ जना घाइते भएका छन् ।
हवाई हमलाले तालिवानतर्फ धेरै हातहतियार नष्ट भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भए लगत्तै तालीवानी विद्रोहीले हिंसात्मक गतिििवधि बढाएपछि अफगानिस्तान सेनाले पनि जवाफी कारबाही गरेको हो ।